Home » » संविधान संशोधन गर्न आफुले कुनै सुझाव नदिएको भारतको प्रष्टोक्ति

संविधान संशोधन गर्न आफुले कुनै सुझाव नदिएको भारतको प्रष्टोक्ति

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


भारतले नेपालको संविधान
संशोधन गर्न आफूले सुझाव दिएको
विषय निराधार भन्दै त्यसको
खण्डन गरेको छ । उसले यस
सम्वन्धमा बिभिन्न सञ्चार
माध्यममा आएका न्युज गलत भएको
बताएको हो । बुधबार साँझ विदेश
मन्त्रालयका प्रवक्ताले विज्ञप्ति
जारी गर्दै ’इन्डियन एक्सप्रेस’मा
बुधबार छापिएको समाचार गलत
भएको बताएका हुन् ।
विज्ञप्तीमा ‘भारत सरकारले
नेपालको संविधान संशोधन गर्न कुनै
सुझाव नदिएको उललेख गरिएको छ
। संविधानको कुनै विशेष
धारामा संशोधन गर्नु पर्ने नभनी
पहिले भनिए झैं असन्तुष्ट पक्षका
माग हिंसाबाट नभई वार्ताबाट
समाधान गर्नुपर्ने कुरामा जोड
दिइनुपर्ने विज्ञप्तिमा जनाइएको
छ । भारतीय समाचार पत्र
’इन्डियन एक्सप्रेस’ को बुधबारको
अंकमा भारतले नेपालको
संविधानमा संशोधन गर्नुपर्ने सात
वटा बुँदा बनाएर पठाएको भन्ने
न्युज प्रकाशित भएपछि सोही
पत्रिकालाई आधार मान्दै
नेपालका मिडियाले पनि न्युज
सम्प्रेषण गरेका थिए ।

Source:-
www.news24nepal.tv/index.php/samachar/6909-2015-09-24-02-24-38


भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved