Home » » गच्छदारले झापाबाट दिए मुलुकमा रक्तपात हुने चेतावनी

गच्छदारले झापाबाट दिए मुलुकमा रक्तपात हुने चेतावनी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


'प्रमुख तीन दललाई गच्छदारका तीन विकल्प'

झापा, २४ भदौ । मधेशी जनअधिकार फोरम
लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारले
मधेशी, आदिवासी, जनजाति र थारुहरुको मागलाई
सम्बोधन नगरिए मुलुकमा रक्तपात हुने चेतावनी
दिनुभएको छ ।
झापाको बिर्तामोडमा आज आयोजित बिरोध
सभालाई संवोधन गर्दै नेता गच्छदारले आफूहरुका माग
पुरा नहुने खतरा बढेकाले सडकमा उत्रनु परेको बताउनु
भएको हो । आन्दोलनमा राज्यले दमन गरेको बताउदै
उहाँले तुरुन्त राज्य पक्षले दमन रोक्नुपर्ने बताउनुभयो ।
गच्छदारले पश्चिममा भएको आन्दोलन पनि आफ्नै
सल्लाह सुझाबमा भएको बताउँदै समस्या समाधान
गर्न तीन दलका शीर्ष नेताहरुलाई आफूले बारम्बार
भनेपनि कानमा तेल हालेर बसेकाले तराइमा आगो
बलेको उल्लेख गर्नुभयो ।
बेलैमा उनीहरुले नटेरेका कारण तराईमा यो अवस्था
सिर्जना भएको र ७ प्रदेशमै मिल्न सकिने भन्दै अध्यक्ष
गच्छदारले भन्नुभयो–‘ तीनतिर फर्केका तीनदलका
नेतालाई एकैठाउँमा ल्याएको थिए, तर, मधेसीहरुको
मागलाई उनीहरुले सम्बोधन गर्न सकेनन्, आदिवासी,
जनजाति, मधेसी र थारुहरुको मागलाई सम्बोधन
नगरेकाले म जनतातिरै फर्के ।’
उहाँले अगाडि भन्नुभयो– ‘म निकासका तीन
बिकल्प तीनदललाई दिन चाहन्छु, एउटा झापा,
मोरङ र सुनसरीलाई मिलाएर २ नम्बर प्रदेशमा
समाबेश गराउ । दोस्रो, चितवनदेखि कन्चनपुरसम्मको
भागलाई प्रदेश नम्बर ७ मा मिलाउ र तेस्रो बिकल्प
भनेको झापा, मोरङ र सुनसरीलाई मिलाएर छुट्टै
प्रदेश बनाऔं ।’
अध्यक्ष गच्छदारले तीनदलले मागहरुको बिषयमा तुरुन्त
सम्बोधन नगरे मधेसी आन्दोलनले ठेगान लगाउने भन्दै
संबिधान निर्माणको प्रक्रियालाई ५÷७ दिन
रोकेर वार्ताको ढोका खुल्ला गर्न आग्रह समेत
गर्नुभयो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved