Home » » बन्दको दिन बसमा अचानक आगलागी (भिडियो सहित)

बन्दको दिन बसमा अचानक आगलागी (भिडियो सहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौँ, ३ असोज, पुरानो बसपार्कमा आज
दिउँसो करिब १२ बजे एक बसमा अचानक
आगलागी भएको छ । विप्लब माओवादीले बन्द
आह्वान गरेको दिन पुरानो बसपार्कमा रोकि
राखेको बा ३ ख २९०९ नम्बरको बसमा अचानक
आगो लागेको हो । बसमा आगो लगाइएको हो
वा आफै लागेको हो प्रस्ट नभएको प्रहरीले
जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार बसबाट
दुई युवा ओर्लिएपछि बसमा आगो बल्न थालेको
थियो ।
अन्य गाडीका नजिकै भएका स्टाफहरुले बताए
अनुसार पहिले ढ्वाङ्ग गरेर आवाज आएको
त्यसपछि ह्वारह्वार्ती आगो बल्न सुरु भयो ।
उनीहरुले दुई युवाले पेट्रोल बम हानेर भागेको
बताएका छन् । केही ढिला गरी आएको दमकलले
आगो नियन्त्रणमा लिए पनि बस पूर्ण रुपमा
जलेर नष्ट भएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved