Home » » गृहमन्त्री गौतमलाई राजेन्द्र महतोको कडा चुनौती-‘सक्छ भने मलाई गोली हानेर देखाओस्’

गृहमन्त्री गौतमलाई राजेन्द्र महतोको कडा चुनौती-‘सक्छ भने मलाई गोली हानेर देखाओस्’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


वार्ताका लागि चार शर्त, ज्ञानेन्द्रपछि देशमा ३
राजा जन्मिए

‘हिजो माले–झाले जस्तो आतंककारी संगठनबाट नेता
बनेको बामदेबले नै पहाडीया मधेसीलाई लडाउन
खोज्दैछ । म त चुनौती दिन्छु सरकारले सक्छ भने मलाई
गोली हानेर देखाओस् जनतालाई होइन ।’
– नरेश केसी
भैरहवा, १८ भदौ । सदभावना पार्टीका अध्यक्ष
राजेन्द्र महतोले सरकारले आफूहरुको शर्त मानेमा मात्र
वार्तामा बस्ने बताएका छन् ।
शुक्रबार विहान भैरहवामा पत्रकार सम्मेलन गरी
अध्यक्ष महतोले वार्ताका लागि ४ शर्त सरकारले
तत्काल मान्नुपर्ने जिकिर गरे । उनले भने–‘सेना फिर्ता
गरिनुपर्दछ, कर्फयू, निषेधाज्ञा र दंगा ग्रस्त क्षेत्र
घोषणा गरिएकोलाई त्यो हटाउनुपर्दछ, घाईतेको
उपचार तथा आन्दोलनमा मारिएकालाई शहिद
घोषणा गरिनुपर्दछ र उच्चस्तरीय न्यायिक आयोग गठन
गरिनुपर्दछ ।’ अध्यक्ष महतोले सरकारले यी ४ शर्त पुरा
गरेमा मात्र आफूहरु बार्तामा बस्ने बताएका हुन् ।
अध्यक्ष महतोले पुराना सम्झौता कार्यान्वयन भए
अहिलेको समस्या स्वतः निराकरण हुने जनाउँदै मुख्य
दलका नेताहरुलाई नयाँ राजाको संज्ञा दिदै भने–‘
हामीले ठूलो आन्दोलन गरेर ज्ञानेन्द्रलाई ढाल्यौं तर
अहिले ३ वटा नयाँ राजाको रुपमा आफूलाई
चिनाउन खोजेका सुशील कोइराला, केपी ओली र
प्रचण्डमा चढेको जनमतको भुतले मुलुुक संकटमा फसेको
हो ।’
अध्यक्ष महतोले ९० प्रतिशत जनमत छ भन्दै जे पायो
त्यो गर्ने ती नयाँ राजाको भुत मधेसीको आन्दोलनने
केही दिनमै उतार्ने छ भन्दै गिरिजाले गरेको सहमति
सुशीलले नमान्ने हो भने वार्तामा बस्नुको औचित्य
नभएको जीकिर गरे । अध्यक्ष महतोले अहिलेको
वार्ता नगदमा हुनुपर्ने तर्क गर्दै संविधानमा जनताको
अधिकार लेखेर गएमा मात्र आफूहरुको आन्दोलन
रोकिने बताए ।
पत्रकारहरुको जिज्ञासमा अध्यक्ष महतोले
छिमेकीको नाताले भारतले सहयोग गर्नमा कुनै
आशंका नगर्न पनि आग्रह गर्दै भने ‘हिजो ०६२/०६३ को
बेला लाइन लाएर दिल्ली धाउन हुने अहिले भारतीयले
चाँसो राख्दा आपत्ति हुने ?’
पुर्वमन्त्री समेत रहेका महतोले शान्तिपूर्ण आन्दोलनमा
सबैको सहयोग र समर्थन हुने विश्वास गर्दै वार्ता
तराईमा नै गर्ने काठमाडौं गएर नगर्ने बताएका छन् ।
महतोले तराइ मधेसमा बस्ने सबै जाति समुदाय मिलेर
बस्नुपर्ने, कसैको उक्साहटमा लाग्न नहुने जनाउँदै
अहिलेको आन्दोलन नेताहरुकै नियन्त्रणभित्र रहेको
दाबी गरे ।
महतोले भैरहवादेखी टिकापुर सम्म, विरगन्जदेखी
भारदह सम्मको एकएक रेकर्ड आफूहरुसंग भएको जनाउदैं
राज्यले नै साम्प्रादायिकता फैलाउन खोजेको
आरोप लगाउदै भने–‘हिजो माले–झाले जस्तो
आतंककारी संगठनबाट नेता बनेको बामदेबले नै
पहाडीया मधेसीलाई लडाउन खोज्दैछ । म त चुनौती
दिन्छु सरकारले सक्छ भने मलाई गोली हानेर देखाओस्
जनतालाई होइन ।’ अध्यक्ष महतोले अब केही दिनमै
भैरहवामा पनि लाठी सहित विशाल प्रदर्शन गर्ने
बताएका थिए ।
संयुक्त मधेसी मोर्चा घटक तमलोपा अध्यक्ष महन्थ
ठाकुर र संघीय समाजवादी अध्यक्ष उपेन्द्र यादव
काठमाण्डौं गएता पनि वार्ता तराईमा नै गर्ने
जिकिर गर्दै महतोले गच्छादारले नयाँ मोर्चा
खोल्नुको कुनै तुक नभएको जनाए । पत्रकार सम्मेलनमा
कांग्रेस एमाले र एमाओवादी नेताहरुप्रति आक्रामक
रुपमा प्रस्तुत भएका महतोले मिडीयाले पनि जे पायो
त्यो लेखिदिदा समस्या आएको भन्दै आफूले कहिल्यै
पहाडीया मधेस छोड् भनेर नभनेको,
साम्प्रादायीकता नभड्काएको जीकिर गरे ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved