Home » » २ नम्बर प्रदेशमा सिन्धुली, उदयपुर र मकवानपुर गाभ्न माग

२ नम्बर प्रदेशमा सिन्धुली, उदयपुर र मकवानपुर गाभ्न माग

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


नेकपा एमालेका तराई मधेस केन्द्रीत दलका नेता तथा
सभासदले आज अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर
तराई मधेस २ नम्बर प्रदेश पुन सीमाकंन गर्न माग गरेका
छन् ।
ओली निवास बालकोट पुगेर उनीहरुले २ नम्बर
प्रदेशलाई पहिचान र सामथ्र्थका आधारमा पुन
सीमाकंन गर्न माग गरेका हुन् । केन्द्रीय सदस्य र
सभासद गरी ३२ जना नेताले १० बुदे माग पत्र
ओलीलाई बुझाएका हुन् ।
३२ जना उनीहरुले सिन्धुली, उदयपुर र मकवानपुर
जिल्ला पनि २ नम्बर प्रदेशमा समावेश गर्न माग गरेका
छन् ।
अध्यक्ष ओलीसँग भेटमा आफूहरुले तराइ मधेस केन्द्रीत
अन्य दलसँग छलफल गरी न्यायोचित माग सम्बोधन गर्न
आग्रह गरेको केन्द्रीय सदस्य श्री प्रसाद साहले
जानकारी दिए । जवाफमा ओलीले मधेस केन्द्रीत
दलसँग वार्ता भइरहेकाले चाँडै निकास निस्कने
प्रतिबद्धता जनाएको उनले बताए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved