Home » » क्रिश्चियन धर्म मान्ने दाइले गाडेको आमाको शव भाइले निकालेर दाह संस्कार गरे...

क्रिश्चियन धर्म मान्ने दाइले गाडेको आमाको शव भाइले निकालेर दाह संस्कार गरे...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

दैलेख, ७ असोज / सामान्यतय कुनै व्यक्तिकोमृत्यु हुँदा उसकोधार्मिक संस्कार के थियो त्यही अनुसार अन्त्येष्टीगरिन्छ, तर दैलेखको नारायण नगरपालिका ७बिजौराकी एक बृद्धाको भिन्न धार्मिक बिश्वासभएका छोराहरुले २ थरी संस्कार अनुसार अन्त्येष्टीगरेका छन् ।भदौ ३१ गते कालगतिले निधन भएकी ७० वर्षकी गौरीश्रेष्ठको जेठो छोरा मानबहादुर श्रेष्ठ क्रिश्चियनभएकाले आफ्नो धार्मिक विधि अनुसार आमाको शवकाठको कफनमा घर नजिकै ७ दिनअघि दफन गरेकाथिए ।क्रिश्चियन संस्कार अनुसार आमाको शवलाई दफनगरिएकोमा नेपाली सेनामा कार्यरत माइला छोरासन्त र भारतमा रहेका कान्छो छोरा लक्ष्मण असन्तुष्टथिए । आमाको निधन पछि मंगलबार मात्र घरआइपुगेका कान्छो छोरा लक्ष्मण र सन्ताले शव झिकेरहिन्दू परम्परा अनुसार दाहसंस्कार गरेका छन् ।उहाँहरुलाई हिन्दु परम्परा अनुसार आमाकोदाहासंस्कार गर्न बहुसंख्यक हिन्दू धर्मावलम्बीछिमेकीहरुको दबाव समेत थियो ।दाजुले क्रिश्चिन धार्मिक विधिबाट आमाकोसंस्कार गरेको सुनेका सन्त र लक्ष्मणलाई छिमेकीलेहिन्दू धर्म मान्ने आमाको क्रिश्चियन संस्कार गर्नलगाएको भनी बारम्बार फोन गरेर सुनाउन थालेपछिबिदा मिलाएर घर फर्केका छोराहरुले आफ्नैपरम्पराअनुसार काज क्रिया गरेका हुन् ।हिन्दू धर्म मान्ने गौरी श्रेष्ठको घरमा भएका जेठोछोराले क्रिश्चियन धार्मिक बिधिबाट अन्त्येष्टीगरेको चित्त नबुझेपछि हिन्दू धर्म मान्ने ती २भाइलाई फोन गरेर बोलाएको छिमेकी शान्ताखड्काले बताउनुभयो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved