Home » » नक्कली इमेलबाट यसरी ठगिदै छन् नेपालहरू

नक्कली इमेलबाट यसरी ठगिदै छन् नेपालहरू

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, २३ भदौ । चीनबाट नियमित रूपमा
सामान आयात गर्दै आएका एक नेपाली व्यवसायीले
करिब दुई महिनाअघि १३ लाख रुपैयाँ पठाउनुपर्ने
थियो । तर, चिनियाँ साझेदारले एक्कासि
नियमित बैंक खाता नभई अर्कोमा पैसा पठाउन भन्दै
इमेल पठाए ।
रोमानियामा आफ्नो हिसाबकिताब मिलाउनुपर्ने
भन्दै रोमानियाकै बैंकमा पैसा पठाउन आग्रह भएपछि
ती व्यवसायीले सोहीअनुसार १३ लाख रुपैयाँ
पठाइदिएको समाचार नयाँ पत्रिका दैनिकले
छापेको छ ।
त्यसको केही दिनपछि ती व्यवसायी अचम्ममा परे,
जब आफ्ना चिनियाँ साझेदारले सोही सामानको
भुक्तानीका लागि आग्रह गरे । नेपाली व्यवसायीले
पैसा पठाइसकेका थिए, तर चिनियाँ पक्षले पाएको
थिएन ।
रोमानियामा आफूले पैसा पठाउन इमेल नलेखेको
चिनियाँ व्यापारीले बताएपछि थाहा भयो, अरू
कसैले ह्याक गरेर त्यसरी अर्को बैंक खातामा पैसा
पठाउन लगाएका थिए । उस्तै इमेलबाट त्यस्तै आग्रह
आएकाले नेपाली व्यवसायी झुक्किएका थिए ।
‘इमेल ठेगानामा अलिकति तलमाथि गरेर नयाँ इमेल
आइडी बनाएर यसरी ठगी भएको रहेछ,’ अनुसन्धानमा
आबद्ध एक प्रहरी अधिकारीले भने ।
ती प्रहरी अधिकारीका अनुसार इमेल ह्याक गरी दुई
पक्षबीचको कारोबारको जानकारी लिएपछि
अन्तर्राष्ट्रिय ठगहरूले यसरी उस्तै किसिमको इमेल
आइडी बनाई अर्को खातामा पैसा पठाउन लगाएर
ठगी गरेका थिए ।
इमेल ह्याक गरी नेपाली व्यवसायी ठगिएको यो
पहिलो घटना होइन ।
यती एयरलाइन्ससमेत ह्याकरबाट ठगिएको छ ।
बिमाको पार्टस् खरिदका लागि भनेर हंगेरीको
कम्पनीमा पठाएको पैसा ह्याकरहरूले हात पारेका
थिए ।
उनीहरूलाई इमेलमार्फत झुक्याएर त्यसरी ठगी
गरिएको थियो । कम्पनीले अनुसन्धानका लागि
प्रहरीमा आग्रह गरे पनि लिखित उजुरी भने दिएनन् ।
करिब आठ महिनाअघि एक निर्माण व्यवसायीको
यसैगरी ६० लाख रुपैयाँ गुमेको छ । व्यवसायीले
भारतीय कम्पनीलाई पैसा पठाउनुपर्ने थियो ।
तर, उनलाई दुबईमा पैसा पठाउन भन्दै इमेल आयो ।
सोहीअनुसार उनले दुबईको बैंक खातामा पैसा
पठाइदिए ।
पछि भारतीय पार्टनरले पैसा मागेपछि मात्र उनले
आफू नक्कली इमेल आइडीबाट ठगिएको चाल पाएका
थिए । ती कन्ट्रक्सन व्यवसायीले पनि छानबिनका
लागि प्रहरीमा उजुरी दिएका छन् ।
ती दुवै घटनामा प्रहरीले अनुसन्धानका लागि
अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को
सहयोग खोजेको छ । तर, ठगी गर्नेहरू पत्ता लागेका
छैनन् ।
दुई वर्षअघि अझै रोचक तरिकाले नेपाली कफी
व्यवसायीको पैसा नाइजेरियनहरूले ठगी गरेका थिए

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved