Home » » ‘आउनुहोस् वार्ता गरौं, मिलेर संविधान बनाऔं’

‘आउनुहोस् वार्ता गरौं, मिलेर संविधान बनाऔं’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौँ, २४ भदौ । प्रधानमन्त्री एवम् नेपाली
काँग्रेसका सभापति सुशील कोइरालाले आन्दोलनरत
दलहरू वार्तामा आउने विश्वास व्यक्त गर्नुभएको छ ।
एकसय एकौं बिपी जयन्तीको सन्दर्भमा नेपाली
काँग्रेसद्वारा बिपी स्मृति भवन सानेपामा आज
आयोजित कार्यक्रममा उहाँले लोकतान्त्रिक विधि
र पद्धतिलाई आत्मसात् गर्दै आन्दोलनरत दलहरुले
वार्ताका माध्यमबाट समस्याको समाधान खोज्ने
विश्वास व्यक्त गर्नुभयो ।
“आन्दोलनरत दलहरुलाई वार्ताका लागि आह्वान
गरिएको छ,” उहाँले भन्नुभयो, “हामी संविधानसभाकै
माध्यमबाट संविधान निर्माण प्रक्रियालाई
टुङ्ग्याउन लागिपरेका छौं । आउनुहोस्, छलफलका
माध्यमबाट समस्याको समाधान गरौं, छलफलबाटै
समस्याको टुङ्गो लाग्छ ।”
संविधानसभामा स्पष्ट दुई तिहाई कुनै पनि दलको
नभएका कारण नयाँ संविधान दलहरुबीचको
सम्झौतापत्र बन्नजाने बताउँदै प्रधानमन्त्री
कोइरालाले संविधान निर्माणको यस चरणलाई
अन्तिम लेनदेनको समयका रुपमा उपयोग गरी हत्या,
हिंसा र आतङ्क त्यागेर वार्तामा बस्न सम्बद्ध सबै
पक्षसँग आग्रह गर्नुभयो ।
नेपाली राजनीतिमा बिपी कोइरालाले प्रस्तुत
गर्नुभएको मेलमिलाप र एकताको सिद्धान्त
वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको
प्रधानमन्त्रीको भनाइ थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved