Home » » हाम्रो कार्यालय तोडफोड हुँदा टुलुटुलु हेरेर बस्नु हुँदैन: एमाले अध्यक्ष ओली

हाम्रो कार्यालय तोडफोड हुँदा टुलुटुलु हेरेर बस्नु हुँदैन: एमाले अध्यक्ष ओली

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


भाद्र १६, २०७२- नेकपा एमालेले देशैभरी हिंसा भड्काउन खोजिएको भन्दै देशव्यापी रुपमा शान्ति र सद्भावको कार्यक्रम गर्न आफ्ना सबै संगठनहरुलाई निर्देशन दिएको छ ।

एमाले अध्यक्ष केपी ओलीले बुधबार पार्टी कार्यालय धुम्बाराहीमा जनवर्गीय संगठनका अगुवा कार्यकर्ताहरुलाई भेला गरी सो निर्देशन दिएका हुन् । उनले भातृ, जिल्ला, अञ्चल सबै कमिटीलाई शान्ति र सद्‌भाव कायम गर्ने खालका कार्यक्रमहरु तत्काल अघि सार्न निर्देशन दिएका छन् ।

आन्दोलनको नाममा विभिन्न जिल्लामा पार्टी कार्यालयहरु तोफोड गर्ने र आफ्ना कार्यकर्ताहरुमाथि आक्रमण गर्ने लगायतका गतिविधि हुन थालेपछि त्यस विरुद्ध कार्यकर्ताहरुलाई उत्रन पनि उनले निर्देशन दिएका छन् ।

केही दिनअघि प्रदर्शनकारीले तराईको विभिन्न जिल्लामा एमाले पार्टी कार्यालय तोडफोड गरेका थिए ।

उनले भने, 'हिंसा भड्काउन खोज्ने, सामाजिक सद्भाव विगार्ने काम भइराखेको छ । यस्ता गतिविधिहरु रोकिनुपर्छ । अहिले देशयापी रुपमा एमाले कहाँ छ ? भनेर मानिसहरुले सोध्न थालेका छन् । यस्तो बेला हामी टुलुटुलु हेरेर चुप लागेर बस्नु हुँदैन ।'

उनले अगाडि थपे, 'हाम्रा कार्यालय तोडफोड भइराख्ने, कार्यकर्तामाथि आक्रमण भइराख्ने तर हामी चाहिँ चुइक्क बोल्न पनि नसक्ने । यस्तो अवस्थामा हामी बसिरहनु हुँदैन । तोडफोड गर्न आउने, हिंसा भड्काउन खोज्नेलाई सम्झाइबुझाइ गर्ने र उनीहरुलाई फिर्ता पठाउनुपर्छ ।'

यसअघि एमाले स्थायी समितिले निर्णय गरेर अन्तर पार्टी निर्देशन जारी गरिसकेको थियो । त्यही निर्णयमा आधारित रहेर ओलीले निर्देशन दिएका हुन् । उनले चाँडै भन्दा चाँडै फिल्डमा गएर काम गर्न संगठनलाई निर्देशन दिएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved