भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, भदौ २३ । प्रधानमन्त्री सुशील
कोइराला राष्ट्र संघीय महासभामा भाग
लिन अमेरिका जाने निश्चित भएको छ ।
प्रधानमन्त्री कोइराला राष्ट्र संघको ७० औं
महासभामा सहभागिताका साथै स्वास्थ्य
परीक्षणका लागि समेत न्यूयोर्क जान
लागेका हुन ।
उनले असोज १४ गते महासभामा सम्बोधन गर्ने
कार्यक्रम
तय भएको छ । उनको भ्रमण दुई साता लामो
हुने छ । उनी असोज ६ गते नै जान लागेका हुन ।
प्रमुख तीन दलले संविधानसभाबाट भदौभित्रै
संविधान जारी गर्ने प्रक्रिया अघि
बढाएको र प्रस्तावित सिमांकनको
विरोधमा विभिन्न जिल्लामा आन्दोलन
चर्किरहेका बेला प्रधानमन्त्रीको भ्रमण
तालिका तय भएको हो ।
आगामी मन्त्रिपरिषद् बैठकमा उनको भ्रमण
कार्यक्रमसम्बन्धी प्रस्ताव हुने बताइएको छ ।
0 comments:
Post a Comment