Home » » प्रधानमन्त्रीले भने-८५ प्रतिशत हिन्दु अल्पमतमा पर्दैनन्

प्रधानमन्त्रीले भने-८५ प्रतिशत हिन्दु अल्पमतमा पर्दैनन्

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

अनशनकारीलार्इ अनशन तोड्न आग्रह
काठमाडौँ : प्रधानमन्त्री सुशील कोइरालाले ८५ प्रतिशत हिन्दू रहेको मुलुकमा हिन्दूहरु अल्पमतमा नपर्ने बताएका छन् ।

संविधानमा हिन्दू राज्य लेखिनुपर्ने मागसहित आमरण अनशनमा बसेका युवाको स्वास्थ्य अवस्था जानकारी गराउन राष्ट्रिय हिन्दू जागरण अभियानका संयोजक पूर्व सांसद शंकर पाण्डेको नेतृत्वमा बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री कोइरालाले  संविधानमा समयानुकूल परिवर्तन हुने बताउँदै हिन्दुहरू अल्पमतमा नपर्ने बताएका हुन् ।

उनले संविधानसभाबाट संविधान निर्माणमा झण्डै एक दशकको समय व्यतित हुन लागेको स्मरण गराउँदै शान्ति, स्थिरता, विकास र हालसम्मका आन्दोलनले हासिल गरेका उपलब्धिलाई संस्थागत गर्ने लोकतान्त्रिक संविधान चाहिएको बताए ।

संविधानमा हिन्दू राज्य रहनुपर्ने माग गर्दै अनशन बसेका हिन्दू युवालाई  प्रधानमन्त्री सुशील कोइरालाले अनशन तोडी संविधान निर्माणमा सहयोग गर्न आग्रह पनि गरेका छन् ।

सो अवसरमा प्रम कोइरालाले नेपाली जनताले संविधान निर्माणका लागि नै संविधानसभा सदस्यलाई निर्वाचित गरेको उल्लेख गर्दै विभिन्न आस्था र विचार भएका राजनीतिक दलका बीचमा सम्झौता गरेर संविधान निर्माण गर्नु परेको यथार्थलाई बुझिदिन पनि आग्रह गरे ।

सोही अवसरमा वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले संविधान पारित गर्न दुईतिहाई मत चाहिने हुनाले का्ग्रेसले चाहँदाचाहँदै पनि कतिपय विषय आफूले भने जस्तो नभएको उल्लेख गरे।

उनले नेपालको परिप्रेक्षमा धर्म निरपेक्षताले सनातनदेखि चलिआएका धार्मिक र सांस्कृतिक परम्पराको संरक्षणलाई बुझाउने व्याख्या गरेर हिन्दू धर्मलाई संरक्षित गरिएको बताए ।

मन्त्री आचार्यले हिन्दू धर्मको सहिष्णुभाव र शान्तिप्रतिको चाहनालाई अन्तर्राष्ट्रियकरण गर्ने यो शुभअवसर भएकाले संविधान निर्माण र जारी गर्ने कार्यमा सहयोग गर्न समस्त हिन्दूधर्मका ॐ कार परिवारसँग अपिल गरे । रासस

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved