Home » » बिहेअघि यौनसम्बन्ध राख्दा यस्तो सजाय

बिहेअघि यौनसम्बन्ध राख्दा यस्तो सजाय

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


एजेन्सी : विश्वमा सबैभन्दा बढी मुस्लिम
धर्मावलम्बीको बसोबास रहेको इन्डोनेसियामा
बिहेअघि यौनसम्बन्ध राखेको आरोपमा एक
महिलालार्इ कोर्रा बर्साइएको छ ।
बिहेअघि नै एक पुरुषसँग यौनसम्बन्ध राखेको भन्दै
इन्डोनेसियाको बन्दा अकेह प्रान्तमा
सार्वजनिकस्थलमा ल्याएर ती महिलामाथि
कोर्रा हानिएको हो ।
सरिया कानुनको हवाला दिँदै ती महिलालार्इ
सयौं मानिसहरुका अगाडि कोर्रा हानेर सजाय
दिइएको हो ।
माथिको तस्बिरमा एक महिला सेतो कपडा
पहिरिएर घुँडा टेकी शिर झुकाएर बसेको देखिन्छिन् ।
उनीमाथि सयौं मानिसको बीचमा सुरक्षाकर्मीकै
अगाडि कोर्रा हानिएको हो ।
जुम्मेको नमाजपछि एक मस्जिद बाहिर यौन अपराध र
खेलका क्रममा बाजी थापेको आरोपमा ३ महिला र
१४ पुरुषलार्इ कोर्रा हानेर सजाय दिइएको हो ।
सबैभन्दा मुस्लिम बसोबास गर्ने इन्डोनेसिस्थित बन्दा
अकेह यस्तो एकमात्र प्रान्त हो, जहाँ सरिया कानुन
लागू गर्ने कानुन सरकारले दिएको छ ।
यसभन्दा अघि गत जुनमा पनि महिला र केही
पुरुषमाथि सार्वजनिक स्थामा कोर्रा हानेको
तस्बिर बाहिरए आएको थियो ।
त्यो बेला तीन जोडीलार्इ सँगै बसेको भनेर कोर्रा
हानिएको थियो । अनम्यारिड विश्वविद्यालयका
विद्यार्थीहरुलार्इ एक साथ समय बिताएको भन्दै
कोर्रा हानिएको थियो ।
समचार अनुसार इन्डोनेसियाको बन्दा अकेह
प्रान्तमा सन् २००१ देखि समलिंगी सम्ब्नध, बाजी
लाउन र रक्सी पिएको पाइएमा सरिया कानुन
अनुसार कोर्रा हान्ने सजायको व्यवस्था गरिएको छ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved