भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, २ असोज । सहमतिमा संविधान बनाउन शीर्ष नेतालाई दबाब दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत रुपमा दुई दिने भ्रमणमा काठमाडौं आएका भारतीय विदेश सचिव एस जयशंकरले कसिलो झापड खाएका छन् ।
शुक्रबार विहान काठमाडौको त्रिभुवन विमानस्थलमा ओर्लिएका मोदी दूत जयशंकरले शीर्ष नेतासँगको छलफलमा झापड खाएका हुन् । उनलाई हानिएको झापडले भारतलाई गहिरो चोट लागेको छ । उनलाई नेपालका शीर्ष नेताले विचारको कसिलो झापडले प्रहार गरेका छन् ।
संविधानसभाबाट पारित भइसकेको संविधान कार्यान्वयन ढिला गर्न दिएको दबाबलाई प्रधानमन्त्री सुशील कोइरालासहित शीर्ष नेताले अस्वीकार गरेपछि जयशंकर र भारतलाई ठूलो चोट लागेको छ । विगतदेखि नै नेपालको आन्तिरिक मामिलामा कुनै न कुनै रुपमा हस्तक्षेप गर्दै आएको भारतले यसपटक संविधान निर्माण प्रक्रियामा हस्तक्षेप गर्न खोजेको थियो तर, शीर्ष नेताले नमानेर संविधान पारित गरेपछि पहिलोपटक भारतले नेपालबाट ठूलो झापड खाएको हो ।
मोदीका दूत जयशंकरलाई कुन शीर्ष नेताले के भने ?
शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका जयशंकरले शीर्ष नेताहरुलाई आफ्नो मुलुकको सीमा जोडिएको तराई–मधेसमा आन्दोलन चर्किंदा सुरक्षा खतरा भएको बहाना बनाउँदै आइतबार जारी गर्न तयार भएको संविधान स्थगन गर्न भनेका थिए । उनले आफ्नो मुलुकको संविधान जारी गर्नसमेत ढिलाइ गरिएको उदाहरण प्रस्तुत गरेर सम्झाउन खोजे । तराई–मधेसमा आन्दोलन चर्कंदा सीमा सुरक्षामा खतरा आउने भन्दै समयमै थरुहट र मधेसकेन्द्रित दलका माग सम्बोधन गर्न समेत आग्रह गरे । तर, पनि नेपालका शीर्ष नेताहरू त्यसनिम्ति तयार भएनन् ।
केपी शर्मा ओली
शुक्रबार विहान ९ बजे काठमाडौं ओर्लिएका जयशंकरले पहिलो भेट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरे । एमाले अध्यक्ष ओली निवासमा बिहान ११ः१० बजे पुगेका जयशंकरले त्यहाँ दुई घन्टा बिताएका थिए । भावी प्रधानमन्त्रीको चर्चामा समेत रहेका ओलीले जयशंकरलाई ९० प्रतिशतको बुमतले बनाएको संविधान कुनै हालतमा नरोकिने र रोक्न कोसिस नगर्न पनि चेतावनी दिए । उनले मधेसी जनजाति र थारुलाई संविधानमा कसरी कसरी समेट्ने भन्ने कुरा आफूहरुले गम्भीरताका लिएको बताउँदै यो विषयमा भारतले सुझाव दिनुको कुनै अर्थ नभएको भनेर कडा जवाफ दिए । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट पारित संविधानलाई व्यापक समर्थन पाएको बताउँदै ओलीले जयशङ्करलाई हाम्रो देशको मामलालाई नेपालले सही ढङ्गले समस्या समाधान गर्दै लैजान सक्छौँ भने । दुई घण्टाको भेटमा जयशंकरले ओलीबाट कसिलो झापड खाए ।
रामवरण यादव
एमाले अध्यक्ष केपी ओली भेटीसकेपछि भारतीय विदेश सचिव जयशंकर राष्ट्रपति रामवरण यादवलाई भेट्न शीतल निवास पुगेका थिए । भेटवार्तामा राष्ट्रपति यादवले सबैभन्दा ठूलो कुरा संविधान बन्नु रहेको उल्लेख गर्दै आन्दोलनरत पक्षलाई समेट्ने प्रयास दलहरुले गरिरहेको जनाए । ‘आन्दोलनरत थारु र मधेसकेन्द्रित दललाई समेट्न मैले पनि भनेको छु, प्रयास भइरहेको छ, तर, प्रमुख दलहरु लचिलो भएनन् ।’
पुष्पकमल दाहाल ‘प्रचण्ड’
मोदीको विशेष दूत बनेर आएका जयशंकर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न साँझ ५ बजे लाजिम्पाट निवासमा पुगे । भेटघाटमा प्रचण्डसँग ४५ मिनेट बिताएका जयशंकरले मधेसकेन्द्रित दलको माग र जारी आन्दोलनलाई सम्बोधन गरेर अघि बढ्न आग्रह गरे ।
जवाफ दिँदै प्रचण्डले पटक–पटक वार्तामा आउन आह्वान गर्दा पनि मधेसकेन्द्रित दलले बेवास्ता गरे स्पष्ट पार्दै भने– हामीले तीनपटक वार्ताका लागि औपचारिक पत्र पठाएर बोलायौं, उहाँहरु वार्तामा आउनै चाहनुभएन । यति हुँदाहुँदै पनि संविधान संशोधन गर्ने शर्तमा भोलिका दिनमा वार्ता र संवादको ढोका खुलै राखेका छौं ।’
सुशील कोइराला
शीर्ष नेतासँगको भेटवार्ताको अन्तिममा भारतीय विदेश सचिव जयशंकरले शुक्रबार साँझ प्रधानमन्त्री सुशील कोइरालासँग बालुवाटारमा भेटवार्ता गरे । भेटवार्तामा जयशंकरले मधेसकेन्द्रीत संविधान निर्माण प्रक्रियामा ल्याउन आग्रह गरे । जवाफमा प्रधानमन्त्री कोइरालाले लोकतान्त्रिक प्रक्रियाअनुसारै संविधान जारी गरेकाले चिन्ता नलिन उनलाई आग्रह गरे । ‘संविधान समावेशी खालको छ, यसले सबैको माग सुनिश्चित गरेको छ । प्रक्रियाबाटै संविधान जारी गर्न लागिएकाले यसले कसैलाई हानि गर्दैन’, प्रधानमन्त्री कोइरालाले भने । थरुहट र मधेसकेन्द्रित दल वार्तामा नआउँदा सरकार र प्रमुख दल चिन्तित रहेको समेत उनले स्पष्ट पारे ।
0 comments:
Post a Comment