Home » » नेपालले रोक्यो भारतीय तरकारी र फलफूल

नेपालले रोक्यो भारतीय तरकारी र फलफूल

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

१३ असोज, काठमाडौं । अत्यावश्यक एलपी ग्यास रपेट्रोलियम पदार्थ रोकेर तत्काल सड्ने र कुहिनेतरकारी, फलफूललगायत सामान मात्र नेपालतर्फपठाउने भारतीय रणनीति विफल पार्न नेपालीभन्सारले कठोर रणनीति अपनाउन थालेका छन्।सरकारको निर्देशनमा मंगलबारबाट भारतले पठाएकातरकारी, फलफूलजस्ता तत्काल सड्ने वस्तु भन्सारमैरोकिएका छन्। नयाँ संविधानको विरोधमामधेसकेन्द्रित दलले जारी राखेको हडताल रविरोधलाई बहाना बनाएर भारतले ६ दिनदेखिखाना पकाउने ग्यास र पेट्रोलियम पदार्थ नेपालनिकासीमा रोक लगाउँदै आएको छ । औद्यागिककच्चा पदार्थ र तयारी वस्तु भने रोकिएको छैन।उसले भारतीय व्यापारीलाई फाइदा पुग्ने गरीतरकारी, फलफूलजस्ता तत्काल कुहिने वस्तु बोकेकाकन्टेनर मात्र नेपाल पठाउँदै आएको छ। ‘भारतले अतिआवश्यकीय वस्तु पेट्रोलियम पदार्थ र खाना पकाउनेग्यास आयतमा विभिन्न बहानाले बन्देज लगाएकालेअन्य सामान (कुहिने) को पनि भन्सार क्लियरेन्सनगर्न भन्सार नाकाका अधिकारीलाई निर्देशनदिइएको छ,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीलेमंगलबार नागरिकसँग भने, ‘भारतले नाकाबन्दी नगरेकोदेखाउन तत्काल आवश्यक नभएका कुहिने र सड्ने वस्तुमात्र पठाउने नियत राखेकाले यस्तो निर्देशनदिइएको हो ।’ती अधिकारीले पेट्रोलियम पदार्थ बोकेकाट्यांकरसँगै अन्य वस्तु बोकेका कन्टेनर आए मात्र भन्सारक्लियरेन्स गरिने जानकारी दिए । पेट्रोलियमपदार्थ र ग्यास रोकेर अन्य वस्तु मात्र छाड्ने कामगरिए नेपाली भन्सारले पनि विभिन्न बहानालगाएर क्लियरेन्स दिनेछैनन् । यस्तो निर्देशन भारतसँगजोडिएका प्रमुख र छोटी सबै भन्सार नाकाकाअधिकारीलाई दिइएको ती अधिकारीलेजानकारी दिएको नागरिक मा खबर छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved