भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
२४ असोज, काठमाडौं ।
प्रधानमन्त्रीका उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा
ओलीले आफू राष्ट्रिय सहमतिको पक्षमा रहेको
बताएका छन् । उनले आफूविरुद्ध उम्मेदवारी दिएका
सुशील कोइरालालाई उम्मेदवारी फिर्ता लिन
आग्रह गरेका छन् ।
यसरी बन्दैछन् ओली प्रधानमन्त्री !
आफू सहमतिको आधारमा देश अघि बढोस् भन्ने पक्षमा
रहेको ओलीले स्पष्ट पारेका छन् । असन्तुष्टहरुको माग
पुरा गर्न संविधान संसोधन गर्नु पर्ने र ३०० भन्दा बढी
कानून बनाउन बाँकी रहेको भन्दै ओलीले अधिकतम
सहमतिमा संविधान जारी गरिएका कारण यो
संविधान स्वीकार्य हुनु पर्ने उनले बताए ।
प्रभावकारी सरकार चलाएर देशका समस्या
समाधान गर्ने भन्दै ओलीले आफूले देशलाई आर्थिक
समृद्धीको बाटोमा अघि बढाउनु पर्ने बताए । देशको
कृषिलाई आधुनिकिकरण गरेर अघि बढ्नु पर्ने पक्षमा
आफू रहेको उनले बताए ।
ओलीले थुप्रै काम बाँकी रहेको र नयाँ संरचना बनाउन
बाँकी रहेको भन्दै अहिलेको अवस्थामा छिमेकसँगको
सम्बन्धमा असमझदारीका लक्षण देखिएकाले आपुर्ति
ब्यवस्था सहज गर्न समझदारी गर्न आवश्यक रहेको उनले
बताए ।

0 comments:
Post a Comment