Home » » किन नाका खोल्यो भारतले ? भारतका लागि नेपाली राजदूतको खुलासा....

किन नाका खोल्यो भारतले ? भारतका लागि नेपाली राजदूतको खुलासा....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, १७ असोज । भारतका लागि नेपाली
राजदूत दीपकुमार उपाध्यायले भारतले नेपालमाथि
लगाउँदै आएको अघोषित नाकाबन्दी खोल्नुको
कारण खुलासा गर्नुभएको छ ।
भारतीय पक्षले नेपालमा आफूविरुद्ध भएको
प्रदर्शनपछि बाध्य भएर नाका खोल्न बाध्य भएको
राजदूत उपाध्यायको भनाइ छ । नेपालमा
भारतविरुद्ध भएको प्रदर्शनको सानोभन्दा सानो
जानकारी राखेको भारतीय पक्षले यस विषयमा
आफूसँग गुनासो गरेको खुलासा गर्नुभयो ।
भारतीय पक्षले नयाँदिल्लीमा उपाध्यायसँग
शनिबार गरेको भेटमा नेपालमा भारतविरुद्ध प्रदर्शन
भएकामा चिन्ता जनाएको हो । नेपालवाणी
रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आइतबार
बिहान कुरा गर्दै नेपाली राजदूत उपाध्यायले
भन्नुभयो, ‘भारतीय पक्ष नेपालमा भारतविरुद्ध भएका
विरोध प्रदर्शन र झण्डा जलाउनेलगायतका कार्यबाट
चिन्तित बनेको पाएँ ।’ भारतले नेपालमा आफूविरुद्ध
प्रदर्शन भएको र नेपाली जनताले भारतीयको
आलोचना गरी विरोध गर्न थालेपछि त्यसबाट
दीर्घकालीन असर पर्नेभन्दै अघोषित नाकाबन्दी
खोलेको राजदूत उपाध्यायको भनाइ थियो ।
राजदूत उपाध्यायले अगाडि भन्नुभयो, ‘भारतीय
पक्षले नेपालमा आफूविरुद्ध भएका सबै गतिविधिको
भिडियो हेरेर बसेको रहेछ । एउटा सानो बालकले
नेपालमा भारतीय झण्डा जलाएको भिडियो पनि
भारतीय पक्षले नयाँदिल्लीमा बसेर हेरेको रहेछ । म त
अचम्ममा परेँ । छक्क परेँ । अहिलेको इन्टरनेटको
जमानामा सबै कुरा जहाँ पनि पुग्छ ।’
मधेस केन्द्रित दल र तिनका सीमित नेताका कारण
भारतविरुद्ध नेपालमा जनमत बनेको निष्कर्षमा पुगेको
भारतीय पक्षले वीरगञ्जबाहेकका सबै नाका सुचारु
गराउने आश्वासन आफूले पाएको नेपाली राजदूत
उपाध्यायले बताउनुभयो । ‘सीमित व्यक्तिका कारण
नेपाली जनताले दुःख पाए’, उहाँले भन्नुभयो, ‘औषधि
र पेट्रोलियम पदार्थलगायतका सामान नेपाल प्रवेश
गर्न दिने भारतीय पक्षले आश्वासन दिएको छ ।’
भारतले अघोषित नाकाबन्दी खोले पनि नेपाल–
भारतको प्रमुख व्यापारिक नाका वीरगञ्ज भने
नखोल्ने भएको छ । नेपाली राजदूत उपाध्यायले
भन्नुभयो, ‘६० प्रतिशत व्यापार हुने वीरगञ्जको
रक्सौल भन्सार नाका भारतले अझै केही दिन नखोल्ने
भनेको छ । रक्सौल नाका नखुलेपछि अझै जनजीवन
सुचारु हुन केही समय लाग्नेछ ।’
नेपालको अवस्था सहज हुन अझै पनि केही समय लाग्ने
देखिएको छ । नेपालमा भारतीय सीमाबाट दैनिक
हुने कारोबारमध्ये वीरगञ्जबाट ६० प्रतिशत एक्लै हुने
गरेको छ। यसअघि वीरगञ्ज भन्सार नाकाबाट मात्रै
दैनिक तीन सय बढी ग्यास र तेल बोकेका सवारी
साधन दैनिक भित्रिदै आएका थिए ।
जनतालाई दुःख दिएर राजनीति नहुने भन्दै राजदूत
उपाध्यायले भारतीय पक्ष पनि आन्दोलनरत मधेसी
दलहरूसँग रुष्ट भएको जनाउनुभयो । उहाँले आउँदा
दिनमा यस्ता गम्भीर विषयलाई सम्वेदनशील रुपमा दुबै
पक्षले लिनुपर्ने उल्लेख गर्नुभयो ।
अघोषित नाकाबन्दीका समाधान चीनसँग तत्काल
व्यापार नाका खोलर समाधान हुन नसक्ने
बताउनुभएका राजदूत उपाध्यायले चीनभन्दा
भारतसँगकै व्यापार उचित रहेको बताउनुभयो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved