Home » » उपराष्ट्रपतिमा थारु, मधेसी र मगरबीच कसले गर्‍यो बखेडा ? ‘पासाङ’लाई रोक्न यसरी भयो षड्यन्त्र

उपराष्ट्रपतिमा थारु, मधेसी र मगरबीच कसले गर्‍यो बखेडा ? ‘पासाङ’लाई रोक्न यसरी भयो षड्यन्त्र

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


चुनावाङ् बैठकपछि आफ्ना चेला ‘पासाङ’सँग भलाकुसारी गर्दै महरा

काठमाडौं, १३ कात्तिक । उपराष्ट्रपति उम्मेदवारलाई लिएर सत्तारुढ दलहरूमा विवाद भएको छ । सत्ता समीकरणका बेलाको सहमतिअनुसार उपराष्ट्रपति एकीकृत माओवादीलाई दिने सहमति भएको थियो ।

सोही सहमतिअनुसार एमाओवादीले आफ्ना नेता नन्दकिशोर पुन ‘पासाङ’लाई बनाउने निर्णय गरिसकेको छ । तर सत्ता गठबन्धन दलहरूको बिहीबार रातिको बैठकमा उपराष्ट्रपतिमा थारु वा मधेसी समुदायबाट उम्मेदवारी दिनुपर्ने माग उठेपछि एमाओवादीलाई केही अप्ठेरो भएको छ ।

यसरी कुरा उठाउनेमा एमाले, नेकपा (संयुक्त) र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक रहेका छन् । बैठकमा गच्छदारले त झन् एक कदम अगाडि बढेर उपराष्ट्रपति पदमा आफ्नो पार्टीले पाउनु पर्ने र त्यसमा थारु नेतालाई उम्मेदवार बनाउने बताउनु भएको थियो ।

उपराष्ट्रपतिको उम्मेदवारका विषयमा विवाद भएपछि सो विषयमा छलफल गर्न एमाओवादीले आफ्नो स्थायी समितिको बैठक पनि बोलाएको छ । बैठक अहिले केही समयपछि अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बस्दैछ ।

एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले संविधान र समावेशी सिद्धान्तअनुसार ‘पासाङ’पनि जनजाति नेता भएकाले उहाँलाई नै अगाडि बढाउने बताउनुभयो ।

‘थारु वा मधेसी बनाउने विषय समावेशी हो’, उहाँले भन्नुभयो, ‘समावेशीको सिद्धान्त अपनाउँदा नन्दकिशोर पुन ‘पासाङ’पनि जनजाति भएकाले उहाँको उम्मेदवारीलाई नै अगाडि बढाउँछौँ ।’

एमाओवादीको स्थायी समितिको बैठक सक्किएपछि नौ बजे बालुवाटारमा सत्तारुढ दलहरूको बैठक बस्नेछ । सोही बैठकको निर्णयअनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गइ उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved