Home » » इटलीकी युवती, नेपाली युवकसँग प्रेममा परेपछि सामाजिक सञ्जाल फेसबुकमार्फच चिनाजान भई प्रेममा परेका इटलीकी युवती र नेपाली युवाले कानूनी रुपमै विवाह गरेका छन् ।

इटलीकी युवती, नेपाली युवकसँग प्रेममा परेपछि सामाजिक सञ्जाल फेसबुकमार्फच चिनाजान भई प्रेममा परेका इटलीकी युवती र नेपाली युवाले कानूनी रुपमै विवाह गरेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


बाराको कोल्हवी–४ हनुमानगञ्जका २७ वर्षीय प्रविण तामाङ र इटलीको तोरेदेलक्रे निवासी २१ वर्षीया
फ्रेन्सिस्का इग्नराको जिल्ला प्रशासन कार्यालय बारामा कानूनी विवाह भएको प्रविणका छिमेकी हरिकृष्ण
मैनालीले जानकारी दिए ।
गत अढाइ बर्ष अगाडि रोजगारीका लागि कोरिया पुगेका तामाङ त्यहीं रहँदा नै फेसबुकमार्फत इग्नरासँग चिनाजान
भएको थियो । उनीहरुको परिचय विस्तारै प्रेममा परिणत भएपछि आफूहरुले विवाह गर्ने निधो गरे अनुसार आज विवाह
गरेको प्रविणले बताए । प्रविण दुई महिनाअघि मात्रै कोरियाबाट कोल्हवी फर्केका थिए भने इग्नरा इटलीबाट एक
महिना अगाडी बारा आइपुगेकी हुन् ।
“बिहे गरेर निकै खुशी भएकी छु, नेपालको बारेमा सुनेकी मात्रै थिएँ, यहाँ आएर हिमाल देख्दा खुशीको सीमाना रहेन,
त्यसमाथि प्रविणसँग विवाह भएपछि सपना पूरा भएको छ,” इग्नराले अंग्रेजीमा भनिन् । उनले प्रविण र आफू कानूनी
प्रक्रिया पूरा गरी चाँडै इटली जाने पनि जानकारी दिइन् । श्याम गुप्ता, बार

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved