भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
पूर्वनिर्धारित ८ माघमा संविधान जारी गर्न
दुईतिहाइ बहुमत जुटिसकेको बताएका छन् । उनले कसैले
धम्की दिएका भरमा संविधान निर्माण
प्रक्रिया नबिथोलिने जिकिर गरे ।
मंगलबार एमाले
झापाको जिल्ला प्रतिनिधि परिषद्को बैठक
उद्घाटन गरेका ओलीले अधिकांश समय
एमाओवादीको आलोचनामा खर्चिए ।
आफूहरूको सहमतिविना संविधान जारी भए
मुलुकमा रक्तपात हुने
एमाओवादी नेताका अभिव्यक्तिप्रति टिप्पणी गर्दै
एमाले नेता ओलीले भने, ‘यो धम्कीलाई टेर्नु र
पत्याउनुपर्ने कुनै कारण छैन, सक्छौ भने ब्लड डोनेसन गर,
रक्तपातको धम्की नदेऊ ।’ ओलीले मुलुकलाई
राजनीतिक निकास दिएर
विकासको बाटो समात्न एमाओवादीको अर्घेल्याइँ
बाधक भएको टिप्पणी गरे ।
ओलीले दुईतिहाइ बहुमतबाटै भए पनि संविधान
ल्याइछाड्ने जिकिर गरे । ‘संविधान जारी गर्न
चाहिने दुईतिहाइ सभासद् नपुग्लान् भन्ने चिन्ता अब
रहेन,’ अध्यक्ष ओलीले भने, ‘कुनै प्रलयले ८
माघमा संविधान जारी गर्न रोकिँदैन ।’
एमाओवादीलाई सहमतिमा ल्याउन पटक–पटक
भएका प्रयासबाट असफलता मात्रै हात लागेको भन्दै
ओलीले विधि र प्रक्रियामा जानुको विकल्प
नभएको दोहोर्याए ।
‘हामी चाहन्छौँ, माओवादी र
मधेसी पनि सहमतिमा आऊन्,’ उनले भने,
‘आन्दोलनका लागि मोर्चाबन्दी गरेर संविधान
जारी हुन नदिने प्रयास भइरहेको जनताले
थाहा पाइसकेका छन् ।’
झन्डै ४५ मिनेट लामो सम्बोधनका क्रममा पटक–पटक
माओवादीको हठ र असहयोगका बाबजुद संविधान
जारी गर्ने तयारी भएको ओलीले बताए । उनले
एमाओवादीको स्वेच्छाचारितामा मुलुक बन्धक बन्न
नसक्ने जिकिर गरे,
0 comments:
Post a Comment