भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी– अमेरिकी राष्ट्रपति बाराक ओबामाले एक
नवविवाहित जोडीसँग माफी मागेका छन् ।
आफ्नो गल्फ कार्यक्रमका कारण
विवाह स्थल परिवर्तन गरेको उक्त
जोडीसँग ओबामाले माफी मागेका हुन्।
आइतबार हवाईको होलिडे होमस्थित सेनाको गल्फ
मैदानमा नताली हेमल र एडवर्ड मेलु
जुनियरलको विवाह कार्यक्रम थियो ।
तर राष्ट्रपतिले गल्फ खेल्ने भएपछि अधिकारीहरुले
विवाह अन्यत्रै सार्न लगाएका थिए । तर
ओबामालाई त्यसबारे जानकारी दिइएको थिएन ।
जब उनले आफ्नो खेल कार्यक्रमका कारण विवाह
सार्नुपरेको थापा पाए तब उक्त जोडीलाई फोन गरेर
माफी मागे ।
माफी माग्नुअघि उनले
नयाँ जीवनको शुभकामना दिए । राष्ट्रपतिले फोन
गरेर बधाई दिएपछि नवविवाहित जोडी मख्ख
परेको समाचारहरुमा जनाइएको छ ।
उनीहरु दुवै अमेरिकी सेनाको क्पाप्टेन पदमा कार्यरत
रहेको बताइएको छ ।
0 comments:
Post a Comment