भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
महिलाहरु छालासम्बन्धी कुनै समस्या भएमा निकै
दुःखी र चिन्तित हुन्छन् । महिलालाई प्रकृतिले नै सुन्दरता प्रदान गरेको हुन्छ । महिलामा सुन्दरता पनि
जोडिएको हुन्छ । केही कारण सुन्दरतामा गडबडी
आएमा महिलामा ठूलो चिन्ता पर्न जान्छ । यस्तै,
सुन्दरता बिगार्ने एउटा रोग डण्डीफोर पनि हो ।
यो रोग यौवन अवस्थामा आउने समस्या हो ।
कहिलेकाही ३५-४० वर्षको उमेरमा पनि आउँछ ।
यो छालाको समस्या हो । यो धेरै खतरा नभएपनि
यसले दाग छाडेर जाने भएकाले अनुहार बिगार्न सक्छ ।
डण्डीफोर आउनमा सेवासियस नामक ग्रन्थीको
भूमिका हुन्छ । यसलाई आयल ग्रन्थी पनि भनिन्छ ।
यो ग्रन्थी उमेर बढ्दै जाँदा ११ वर्षदेखि नै विकसित
हुन्छ । यो रौंको साथमा रहन्छ । यसको फङसनल
एक्सन एडर्नल ग्ल्याण्ड्सको मेल हर्मोनले बढाउँछ ।
यो महिला तथा पुरुष दुवैमा हुन्छ । मान्छेको छालमा
साना प्वाल हुन्छन् । यिनीहरुको आयल ग्रन्थीसंग
सम्बन्ध हुन्छ । यही ग्रन्थीले सेवम् भन्ने चिल्लो पदार्थ
निकाल्छ , सेवमले नै छालामा मरेका कोषहरु हुँदैं
छालाबाट बाहिर निकाल्छ र छाला सफा राख्छ ।
यहाँबाट मसिनो रौं पनि बाहिर आएको हुन्छ ।
कहिलेकाँही फोहोर वा चिल्लो, मरेका कोषहरु
बाहिर निक्लने बाटो बन्द भयो भने डण्डीफोर देखिन
सुरु हुन्छ । स्कीनडेड सेल्स, सेबम् र रौं एकै ठाउँमा जम्मा
हुन्छन् । यसरी यिनीहरुको संक्रमित हुन्छन् । कारणवस
यिनीहरु सुनिन थाल्छन्, राता हुन्छन् र फुट्छन् ।
डण्डीफोर विभिन्न प्रकारका हुन्छन् -
ह्वाइहेड्स– सेता, मसिना राता देखिने
ब्ल्याकहेड्स– काला दाना देखिने
सिस्ट– मासुको डल्लोजस्तो ठूला
नोवुल्स– दुख्ने,सारहो खालका
पुस्टुल्स– राता साना माथिपट्टि पिप देखिने
डण्डीफोरको उपचार-
शरीरमा, अनुहारमा वा शरीरका विभिन्न ठाउँमा
डण्डीफोर आउने गर्छ । डण्डीफोर आउने कारण थाहा
पाइसकेपछि उपचारका लागि सजिलो हुन्छ । १२, १३
वर्षदेखि ३०, ३५ वर्षसम्म उमेरमा कुनै पनि बेला धेरै
किसिमका डण्डीफोर आउने गर्छ । यो उमेरका
वृद्धिसंगै हर्मोन एडर्नल ग्ल्याण्ड्समा हुने हर्मोनका
कारण आयल ग्ल्याण्ड्स लाई स्टीमुलेट गरेपछि यस्तो
परिवर्तन आउँछ । यसलाई विभिन्न उपायबाट कम
गराउँन सकिन्छ ।
१. चिल्लो कम खाने
२. पानी प्रशस्त पिउने
३. शारीरिक व्यायाम पसिना आउने गरी गर्ने
४. हरियो सागपात तथा फलफूल खाने
५. नियमित स्नान तथा व्यक्तिगत सरसफाईमा
ध्यान दिने
६. बढी अमिलो पिरो नखाने
७. अनिद्रा तथा जाग्राम नबस्ने
डण्डीफोर नआउने बनाउन सकिदैंन, तर, कम गराउँन
सकिन्छ । नआउने बनाउनु पनि हुँदैंन , शरीरमा अन्य असर
पर्छ । होमियोप्याथिक आयुर्वेदक औषधि तथा
प्राकृतिक उपचारबाट पनि राम्रो हुन्छ ।
0 comments:
Post a Comment