भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
हामीले दैनिक जीवनमा धेरै रोगहरु वा पीडाहरु
सहनुपर्ने हुन्छ । त्यो मध्ये हामीलाई सताउने एक कारण
तनाव पनि हो । तनाव एक उपचार नहुने रोग हो। केही
केही व्यक्ति यसलाई सामान्य रुपमा नै सल्टाउन
सक्छन् भने कसैले यसलाई ग्रहण गर्न नसकी मानसिक
स्थिति ठीक नहुने, हृदयघात एवं सामाजिक
सम्बन्धबाट नै टाढा गराउँछ। यदि तपाईले आफ्नो
दिनचर्यामा केही सरल बदलाव ल्याउन सक्नुहुन्छ र
तनावबाट मुक्त हुने इच्छा राख्नुहुन्छ भने यसबाट मुक्ति
पाउन सकिन्छ। तपाईलाई तनाव मुक्त गराउने केही
उपाय यहाँ उल्लेख गरिएको छ ।
तनावबाट मुक्त हुने शारीरिक व्यायामलाई समेट्नु
पर्दछ। व्यायामले तनाव हटाउन राम्रो भूमिका
निर्वाह गर्ने गर्दछ। विहान साँझ शारीरिक
व्यायाम गर्नाले दिउँसोको तनावबाट मुक्ति पाउन
सकिन्छ।
यदि कुनै विरामी शारीरिक बदलावका कारण
तनावमा रहेको हुन्छ भने विशेषज्ञसँग सम्पर्क गर्नुपर्छ।
जस्तै
कपालको रौं कम हुने, सेतो हुने आदिका कारण तनाव
लिएर बस्नुभन्दा कपाल ट्रान्सप्लान्ट गर्ने, योग,
प्राणायाम गर्ने, भोजनमा प्रोटिनयुक्त भोजन
समावेश गर्ने गर्नुपर्छ।
यदि कुनै घटना घटिसकेर तपाई त्यसको तनावमा
हुनुहुन्छ भने यसले नकारात्मक असर पार्न सक्दछ।
बिस्तारै तनाव दिने विषयलाई नै दिमागबाट हटाउनु
पर्दछ।
यदि श्रीमान्रश्रीमतीबीचको सम्बन्धमा तनाव
चलिरहेको छ भने आफ्नो मित्र वा घरपरिवारसँग
कुराकानी गर्नुपर्दछ। यसले तनाव घटाउन अथवा बाँड्न
मद्दत गर्दछ। यसका साथसाथै मनोवैज्ञानिकसँग
भेटघाट गर्नु राम्रो हुन्छ।
यदि आर्थिक कारणले तनाव भएको हो भने आफूसँग के छ
र त्यसलाई कसरी आयको स्रोत बनाउन सकिन्छ भन्ने
कुरामा ध्यान दिनु राम्रो हुन्छ।
0 comments:
Post a Comment