Home » » मलेसियाको अस्पतालमा नेपाली चेलीको दर्दनाक अबस्था, अस्पतालवाटै सहयोगको अपील....

मलेसियाको अस्पतालमा नेपाली चेलीको दर्दनाक अबस्था, अस्पतालवाटै सहयोगको अपील....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मलेसिया । रोजगारीको लागि
मलेसिया आएकी एक नेपाली चेलीले अस्पतालवाटै
सहयोगको अपील गरेकी छिन । धनकुटाको सुन्दाई
गाविस- ६ धनकुटा घर भएकी संगीता तामाङले
आफूलाई सहयोग गरिदिन अपिल गरेकी हुन्।
रोजगारीको लागि १८ महिना अगाडि पेनाङको
जेसिवाई कम्पनीमा आएकी संगीता तीन
महिनादेखि विरामी परेकी थिईन । कम्पनीलाई
वारम्वार भन्दा पनि त्यति चासो नदेखाएको
सोही कम्पनीमा कार्यरत नेपालीहरुले जानकारी
गराए ।
साथीहरुको पहलमा एक हप्ता अगाडिदेखि
संगीताको पेनाङ अस्पताल विएममा उपचार भैरहेको
छ । साथीहरुले १७ सय रिंगेट जम्मा गरेर कम्पनीलाई
उपचार गराउनको लागि पैसा वुझाएको समेत उनीहरुले
वताए ।
पेनाङमा रहेका स्थानीय ब्यापारी गणेश श्रेष्ठको
पहलमा संगीताको उपचारको लागि सहयोग रकम
संकलन गर्ने काम भैरहेको छ । हाल सम्म दुई हजार रिगेट
जम्मा भैसकेको श्रेष्ठले अनलाईन खवरलाई जानकारी
गराए ।
प्रवासी तामाङ एकता समाज मलेसियाका
उपाध्यक्ष शेरवहादुर तामाङ पनि संगीताको
उपचारको लागि सहयोग रकम संकलन गर्ने काम
भइरहेको वताउँछन । हाल उनको स्वास्थमा केही सुधार
आएको छ । अस्पतालको उपचारपछि नेपाल फर्काउने
पहलभइरहेको वुझिएको छ । source: onlinekhabar

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved