Home » » क्रिकेट समर्थकलाई सुनौलो अवसर....

क्रिकेट समर्थकलाई सुनौलो अवसर....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

वेलिङटन : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल
(आइसिसी) ले विश्वभरिका आफ्नो समर्थकलाई
सुनौलो अवसर प्रदान गर्ने निर्णय गरेको छ।
समर्थक का लागि आइसिसीले विश्वकपका हरेक
खेलमा टस गर्दा प्रयोग गरिएको सिक्का दिने
निर्णय गरेको हो। समर्थकले बोलकबोलका आधारमा
चालू विश्वकपका सबै ४९ खेलमा प्रयोग भएको
सिक्का लिन सक्नेछन्।

सन् २०११ को विश्वकपमा पनि यसैगरी सिक्का
लिलामी गरिएको थियो। त्यतिबेला सिक्का
लिनका लागि समर्थक निकै उत्साही भएका थिए।
सिक्का निर्माता कम्पनी एसई प्रोडक्ट्सले नै
लिलामीको सबै व्यवस्था मिलाउने पनि आइसिसीले
जनाएको छ।
हरेक सिक्कामा मिति र कुन खेलको सिक्कामा
प्रयोग भएको हो भन्ने जानकारी अंकित गरिने
भएको छ।
सिक्कासँगै विश्वकपसँग सम्बन्धित अन्य सामग्री पनि
लिलामी गर्ने आइसिसीले जनाएको छ।
लिलामीमा भाग लिन इच्छुक समर्थकले आइसिसीसप
डट कममा गएर सम्पूर्ण जानकारी हासिल गर्न सक्ने
पनि आइसिसीले जनाएको छ।
आइसिसीले हरेक खेलको स्कोर कार्ड बाहेक
क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल गरी सात
खेलमा प्रयोग भएको आधिकारिक बललाई पनि
लिलामी गर्ने जनाएको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved