Home » » 'गिरिजाको नाम लिएर दाहाल रोएजस्तो गर्छन्':- पौडेल

'गिरिजाको नाम लिएर दाहाल रोएजस्तो गर्छन्':- पौडेल

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

तनहुँ, चैत्र ७ - कांग्रेस उपसभापति रामचन्द्र पौडेलले ३०
दलीय मोर्चाका संयोजक तथा एमाओवादी अध्यक्ष
पुष्पकमल दाहालले स्वर्गीय गिरिजाप्रसाद
कोइरालाको नाम लिएर कहिलेकाँही रोएजस्तो
गर्ने गरेको बताएका छन् । कोइरालाले देखाएको
बाटोमा दाहाल हिंड्न नचाहेकाले सहमति हुन
नसकेको उनको धारणा थियो ।
'आज गिरीजाबाबु भएको भए हाम्रो कुरा
मान्दिनुहुुन्थ्यो भन्नुहुन्छ भने जनतालाई तपाईंहरु ढाँट्दै
हुनुहुन्छ । उहाँले देखाएको बाटोमा हिड्नुस् न,'
उपसभापति पौडेलले भने, 'गिरिजाबाबुको नाम
बारम्बार दाहालजी लिनुहुन्छ । उहाँको नाम जपेर
कहिलेकाँही रोएजस्तो पनि गर्नुहुन्छ । उहाँले
देखाएको बाटोमा तपाई किन हिड्नुहुन्न ? मेरो यो
प्रश्न छ ।'
राज्य पुर्नसंरचना गर्दा, संघीय प्रदेश बनाउँदा
गिरिजाबाबुले भन्ने गरेका कुरालाई ध्यान दिने हो
भने सहमति भई हाल्ने पनि उपसभापति पौडेलले बताए ।
गिरिजाप्रसाद कोईरालाको सिद्दान्तमा अडिएर
सहमति गर्दा सहजै सहमति हुने उनले बताए ।
'अब तपाइर्ंहरु यस्तो घुक्र्याउने कुरा नगर्नूस्,'
उपसभापति पौडेलले भने, 'गिरिजाप्रसाद भएका
भएपनि यही गर्नुहुन्थ्यो । जो हामीले गर्दै छौं ।'
आफुहरु सहमतिको पक्षमा रहेपनि
एमाओवादीलगायतका केही दलले वार्तामा नै बस्न
नचाहेकाले सहमति हुन नसकेको उनले बताए ।
एमाओवादीले दुई तिहाई मतको बहुमतलाई दम्भ र
अहंकार भनेर व्याख्या गर्नु अधिनायकबाद प्रवृत्ति
भएको उनले बताए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved