भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी – उत्तरकोरियाली नेता किम जोङ उनलाई
राष्ट्रपति भ्लादिमिर पुटिनले रुस भ्रमण गर्ने
निमन्त्रण दिएका छन् । किमले यो निमन्त्रण स्वीकार
गरेको समाचार छ ।
द्वितीय विश्वयुद्द समाप्तिको वार्षिकीको अवसर
पारेर रुसले किमलाई निम्तो गरेको हो । आगामी
मेमा किमले रुसको भ्रमण गरे भने उनको पहिलो विश्व
भ्रमण हुनेछ । सन् २०११ मा उत्तरकोरियाली नेतृत्वमा
चयन भएपछि किमले कुनै पनि देशको भ्रमण गरेका छैनन् ।
यसअघि उत्तरकोरियाली नेता कमि जोङ इलले सन्
२०११ मा रुस भ्रमण गर्दा विश्वमा सनसनी फैलिएको
थियो ।
यसअघि आफ्ना बाबुको सम्झनामा शोक मनाएकाले
किमले विश्वका अन्य देशमा भ्रमण नगरेको समाचार
आउँथ्यो । ‘अब त्यो शोकको समय पनि अन्त्य भएको
छ,’ उत्तरकोरियाली समाचार एजेन्सीले भनेको
छ,‘त्यसैले किमले रुसलाई आफू आउने खबर पठाएका छन् ।’
यो खबर बिहीबार सार्वजनिक भएको हो ।
९ मेमा रुसमा हुने समारोहमा किमलाई पुटिनको
विशेष अनुरोधमा निमन्त्रण पठाइएको द गार्जियनले
उल्लेख गरेको छ । विश्वका अन्य शक्ति रुस र
उत्तरकोरियाविरुद्द लागिरहेको यो समयमा किमले
उत्तरकोरिया भ्रमण गर्नुले विशेष सन्देश रहने विश्लेषण
छ ।
युरोपेली मुलुकले रुसमाथि प्रतिबन्ध लगाएपछि रुसले
उत्तरकोरियाको साथ खोजिरहेको छ । रुसको
ग्यास आयातमा युरोपेली मुलुकले कमी ल्याएपछि रुस
आफ्नो ग्यास उत्तरकोरियामा निर्यात गर्न चाहन्छ
। यही विषयमा दुई देशबीच अझ सुमधुर सम्बन्ध होस्
भन्नका लागि पनि रुसले उत्तरकोरियालाई निम्तो
दिएको विश्लेषण छ ।
उता,रुससँग सम्बन्ध बिस्तारमा उत्तरकोरियासँग पनि
स्वार्थ छ । उत्तरकोरिया विश्वमा आफ्नो
आलोचना घटाउन चाहन्छ । रुसको सहयोग पाएको
खण्डमा मात्र त्यो सम्भव छ । त्यस्तै
मानवअधिकारका विषयमा विश्वले गरिरहेको
उत्तरकोरियाली आलोचना पनि रुसकै माध्यमबाट कम
होस् भन्ने उत्तरकोरियाको चाहना छ । आजको नयाँ
पत्रिका दैनिकमा खबर छ ।
0 comments:
Post a Comment