Home » » बंगलादेशी प्रधानमन्त्रीले भारतले अम्पायरकै कारण जितेको भनेपछि…

बंगलादेशी प्रधानमन्त्रीले भारतले अम्पायरकै कारण जितेको भनेपछि…

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी – एघारौं विश्वकपअन्तर्गत भारत र
बंगलादेशबीचको पहिलो क्वार्टरफाइनल खेल विवाद
तानिएको छ । बंगलादेशले अम्पायरको गलत
निर्णयका कारण आफ्नो टोली विश्वकपबाट
बाहिरिनुपरेको आरोप लगाएको छ ।
यो आरोप लगाउनेमा बंगलादेशी प्रधानमन्त्री शेख
हसिना स्वयं छिन् । उनले अम्पायरको गलत निर्णयका
कारण बंगलादेश विश्वकपबाट बाहिरिनुपरेको
बताएकी छन् । यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्
(आइसिसी)मा बंगलादेशका सभापति रहेका मुस्तफा
कमलले अम्पायरको गलत निर्णयका कारण बंगलादेश
विश्वकपबाट बाहिरिनुपरेको बताएका थिए । उनले
भारतीय टोलीले अम्पायरसँग खेल मिलेमतो गरेको
आरोपसमेत लगाएका थिए । प्रधानमन्त्री हसिनाले
पनि मुस्तफाकै समर्थनमा अभिव्यक्ति दिएको
भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको
आफ्नो टोली प्रतियोगिताबाट बाहिरिएसँगै
बंगलादेशी पत्रपत्रिकाहरुले समेत अम्पायरलाई नै दोष
दिएका छन्,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved