भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी : भारतको इलाहाबादमा बाबुले
सामाजिक सञ्जालमा च्याट गर्न नदिएको
झोंकमा आफैलार्इ गोली हानेर आत्महत्या
गरेका छन् । फेसबुकमा धेरै च्याट गरेको देखेपछि
बाबुले गाली गरेपछि त्यही रिसमा १४ वर्षीय
एक किशोरले आफैंलार्इ गोली हानी
आत्महत्या गरेका हुन् ।
भारतीय प्रहरीका अनुसार यो घटना
इलाहाबादको नैनी इलाकास्थित
पारसनगरमा भएको हो । प्रहरीका अनुसार नौ
कक्षामा पढ्दै गरेका किशोर गत बुधबार राति
आफ्नो मोबाइलबाट फेसबुकमा च्याटिङ
गरिरहेका थिए ।
आफ्नो छोराले रातिको समयमा पनि
च्याटिङ गर्दै गरेको देखेपछि पेशाले वकिल रहेका
किशोरका बाबु विद्याकान्त शुक्लाले फोन
खोसेर फ्याकिदिएका थिए ।
बाबुले मोबाइल खोसेपछि किशोरले कोठाको
ढोका बन्द गरेका थिए । उनले बिहीबार
बिहान आफैंलार्इ गोली हानी आत्महत्या
गरेका हुन् ।
बिहीबार बिहान परिवारजनले कोठाको
ढोका खोलेर हेर्दा उनी रक्ताम्य अवस्थामा
ओछ्यानमै ढलेका थिए । परिवारले तत्कालै
उनलार्इ अस्पता लगेका थिए । अस्पताल
पुर्याउने वित्तिकै ती किशोरलार्इ
चिकित्सकहरुले मृत घोषित गरिदिए ।
प्रहरीले घटनास्थलबाट ३.२ बोरको रिभल्बर र
एउटा खाली कारतुस पनि बरामद गरेको छ । एक
प्रहरी अधिकारीले बताएअनुसार सो रिभल्बर
उनकै बाबुले प्रयोग गर्दै आएको जनाएका छन् ।
0 comments:
Post a Comment