भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल
(प्रचण्ड)को हत्या गर्ने योजना सोही पार्टीका
पोलिट्ब्यूरो सदस्य प्रभु साहले बनाएको आरोप
लागेपछि पार्टी भित्र अहिले तीव्र विवाद सुरु
भएको छ ।
सोही पार्टीका केन्द्रीय सदस्यद्वय अशोक जैसवाल
र सत्यनारायण भगतले अध्यक्ष प्रचण्डको हत्या
योजना प्रभु साहले बनाएको भनी बोल्दै नबोलेको
दाबी गरिरहेका बेला उनीहरुको भनाइसहितको
अडियो अन्नपूर्ण पोस्ट्लाई प्राप्त भएको छ ।
अडियोमा जैसवालले प्रभु साहको नामै किटेर
प्रचण्डको हत्या योजना उनैले बनाएको दाबी गरेका
छन् । केन्द्रीय सदस्यद्वय जैसवाल र भगतले प्रचण्डको
हत्या योजना प्रभु साहले बनाएको आरोप
वीरगञ्जमा आयोजित एक कार्यक्रममा लगाएका
थिए ।
वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमै केन्द्रीय
सदस्य तथा सभासद् जैसवाल र भगतले सो आरोप
लगाएपछि एमाओवादीभित्र आरोपप्रत्यारोप
भइरहेको छ । पोलिट्ब्यूरो सदस्य प्रभु साहले आफूले
प्रचण्डको हत्याको कल्पना गर्न नसक्ने बताएका छन् ।
अडियोमा उनले नजिककै मान्छेबाट नेताहरुको हत्या
हुने गरेको जनाउँदै अपराधिक पृष्ठभूमिका साहले हत्या
योजना बनाएकाले उनीमाथि कारबाही समेत माग
गरेका छन् ।
प्रभु साहले प्रचण्डको हत्या योजना बनाएको
आरोपसम्बन्धी अडियो सुन्नुस्
फेसबुकमा अशोक जैशवालले यसो भनेका छन् :
0 comments:
Post a Comment