भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
वि.सं.२०७२ साल चैत १६ गते। सोमबार। इश्वी सन्
२०१५ मार्च ३० तारिख.......
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
(Aries)
कुरा काट्ने र
हतोत्साहित बनाउनेहरू
सक्रिय रहनेछन्। नजिककै
व्यक्तित्वबाट धोका
पाइएला। सहयोगको
आस गरेका व्यक्तिले समेत निरुत्साहित
बनाउन खोज्नेछन्। दुविधा बढ्नाले सही
निर्णय लिन नसकिएला। अरूको भर पर्दा
भइराखेको काम समेत बिग्रन सक्छ। नयाँ
काममा हात हाल्नुअघि वातावरणको
अनुकूलतामा विचार पुर्याउनुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
(Taurus)
ऊर्जावान् समय छ।
रचनात्मक काम सुरु गर्ने
मौका छ।
सहयोगीहरूको साथ
मिल्नाले कठिन काम
समेत सजिलै बन्नेछन्। आर्थिक समस्या पनि
समाधान हुनेछ। नयाँ वस्त्र, अलंकार
आदिमा रमाउने योग छ। तपाईंको
व्यक्तित्वप्रति आकर्षण बढ्नेछ।
प्रतिस्पर्धीहरूले समेत सहकार्यका हात
अघि बढाउलान्। हिम्मत बढ्नेछ। आफ्नो
वर्ग, क्षेत्रको नेतृत्व गर्नुपर्नेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
(Gemini)
आफ्नो प्रतिभा प्रदर्शन
गर्ने मौका छ। तर,
बोलीको गलत अर्थ
लाग्नाले अनावश्यक
वादविवादमा परिएला
। मान–सम्मानमा पनि आघात पुग्ने
सम्भावना छ, सचेत रहनुहोस्। तापनि,
सहयोगीहरूले काममा साथ दिनेछन्।
विगतमा सम्पादित कामबाट धन लाभ
हुनेछ। अरूका लागि ज्ञान बाँड्ने समय छ।
आर्थिक अभाव सजिलै सुल्झनेछ। पठन–
पाठनमा प्रगति हुनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
(Cancer)
विशेष भेटघाटमा रमाउने
समय छ। छोटै समयमा
आँटेका काम सम्पादन
होलान्। दिन आनन्दमा
बित्नेछ। विभिन्न
अवसरले पछ्याउनेछन्। सहयोगीहरूले पनि
राम्रो साथ दिनेछन्। आतिथ्यपूर्ण
सम्मानका बीच स्वादिष्ट भोजनको
आनन्द पाइएला। विशिष्ट व्यक्तित्वसँग
मित्रता बढ्ला। सुखद समाचारले
व्यावसायिक काममा थप हौसला
मिल्नेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
(Leo)
व्यवहारले आफन्तलाई
खुसी पार्न नसकिएला।
नजिकका साथीभाइ
टाढिन सक्छन्। समय र
रकमको सदुपयोग गर्न
अलि नसकिएला। काममा लगानी
बढाउनुपर्ला। घरखर्च पनि बढ्नेछ।
यात्राको व्यवस्थापन र तपाईंका सोख
परिपूर्तिमा पनि सञ्चित रकम खर्च
होला। व्यवसायमा धेरै फाइदा नहोला।
तर, केही विलम्ब भए पनि आँटेको काम भने
बन्नेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
(Virgo)
आर्थिक गतिविधिमा
सामान्य फाइदाको
दिन छ। नसोचेको
धनलाभ हुनेछ। तर, अरूको
भरण–पोषणमा खर्च हुन
सक्छ। श्रमको उचित मूल्यांंकन भने नहुन
सक्छ। प्रयत्न गर्दा आम्दानीको
दीर्घकालीन स्रोत फेला पर्नेछ। शैक्षिक
गतिविधिमा प्रगति नै होला।
व्यापारमा अलि कम फाइदा हुने योग छ।
विगतमा गरिएका कामबाट भने राम्रै
फाइदा हुन सक्छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
(Libra)
विशिष्ट व्यक्तित्वसँग
सहकार्य गर्ने मौका छ।
दाम, नाम र प्रतिष्ठा
कमाउने बेला छ।
सामाजिक कामको
दायित्व बढ्नेछ। कीर्तिमानी काम
सुरुवात हुनुका साथै कर्मसिद्धिको समय
छ। काम गरेरै अरूको मन जित्न सकिनेछ।
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ
मिल्नेछ। व्यापारमा प्रशस्त फाइदा
होला। सानै प्रयत्नले पनि ठूलो काम
बन्न सक्छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या,
यि, यु (Scorpio)
नयाँ जिम्मेवारी
हातपार्ने समय छ।
सामाजिक प्रतिष्ठा
बढ्ने काम सुरु गरिएला।
धेरैले तपाईंको तारिफ
गर्नेछन्। धर्मकर्म र आध्यात्मिक काममा
रुचि जाग्नेछ। अरूका लागि पनि प्रेरक
बन्न सकिनेछ। प्रयत्न गर्दा रोकिएका
काम सजिलै सम्पादन होलान्। परिश्रम
परे पनि मूल्य राम्रै उठाउन सकिनेछ।
अरूलाई समेत नमुना बनेर देखाउन सकिनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
(Sagittarius)
कठिन चुनौती सामना
गर्नुपर्ला। सानातिना
काम र घरेलु समस्यामा
पनि अल्झनुपर्ला।
स्वास्थ्यगत समस्याले
पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने
योग छ। विगतका समस्या बल्झिन सक्छन्।
आजको भ्रमण उपलब्धिमूलक नहुन सक्छ।
विद्यामा कमजोरी र लेनदेनमा विवाद
होला। प्रयत्न गर्दा व्यावसायिक काम
भने यथावत् सम्पादन हुनेछन्।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा,
गि (Capricorn)
रमाइलो यात्रा गर्ने
मौका छ। आतिथ्यपूर्ण
सम्मानका बीच
स्वादिष्ट खानपानको
आनन्द मिल्नेछ।
व्यापार–व्यवसाय विस्तार गर्न
सकिनेछ। पतिपत्नीमा आत्मीयता बढ्नेछ।
मनोरञ्जनपूर्ण जमघटमा सहभागी बन्ने
मौका छ। नयाँ सवारी साधन, वस्त्र,
अलंकार आदिको आनन्द पाइएला। नयाँ
मित्रहरू बढ्नेछन्। सहयोगीहरूको पनि साथ
मिल्नेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
(Aquarius)
धेरैलाई गर्वसाथ काम
देखाउन सकिनेछ। ईर्ष्या
गर्नेहरूलाई पनि पौरख
गरेर देखाउने समय छ।
शत्रुबाधा स्वतः हटेर
जाला। कामका चुनौतीहरू पनि समाप्त
हुनेछन्। शरीरमा स्फूर्ति बढ्नुका साथै
काममा पनि उत्साह जाग्नेछ। आँटेका
काम सजिलै बन्नेछन्। लामो यात्राको
चाँजो मिलाउन सकिनेछ। प्रतिस्पर्धा र
मुद्दामामिलामा पनि विजयी भइएला।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
(Pisces)
पढाइलेखाइमा प्रगति
हुनेछ। बौद्धिक क्षमता र
तर्कशक्ति बढ्नेछ।
विचारले धेरैलाई
मन्त्रमुग्ध बनाउन
सकिनेछ। सुखद समाचार सुन्न पाइनेछ।
स्वास्थ्य सबल रहनेछ र आँटेका काममा
राम्रै फाइदाको योग छ। व्यापारमा
भने कम मात्र लाभ होला । बौद्धिक
प्रतिस्पर्धामा विजयी भइनेछ।
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ।
आर्थिक अभाव पनि सजिलै सुल्झनेछ।
0 comments:
Post a Comment