भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
अछामको भैरवस्थान प्रहरी चौकीमा कार्यरत प्रहरी
सहायक निरीक्षक (असई) धनवीर सिंह धामीले एक
स्वास्थ्यकर्मी महिलाको बलात्कारपछि हत्या
गरेका छन् । रानीवन उपस्वास्थ्य चौकीमा कार्यरत
अनमी कलादेवी जैसीलाई प्रहरी निरीक्षक धामीले
उनकै घरभित्र पसेर बलात्कार गरी जंगलमा लगेर हत्या
गरेका हुन् ।
पीडित परिवारका अनुसार असई धामीले ४६
वर्षीया अनमी जैसीमाथि लामो समयदेखि हिंसा
गर्दै आइरहेका थिए । असई धामीले गत २८ फागुनको
मध्यराति २ बजे जैसीकै घरभित्र प्रवेश गरी जवरजस्ती
करणी गरी हत्या गरेको मृतकका छोरा धनन्ज्य
न्यौपाने (जैसी)ले बताए ।
उनका अनुसार प्रहरी सहायक निरीक्षक धामीले
अनमी कलादेवीलाई बलात्कारपछि राति नै
लछारपछार गर्दै जंगलतिर लगेका थिए । सोही
समयदेखि वेपत्ता भएकी अनमी जैसीको शव १३
दिनपछि भैरवस्थान–३ स्यालघाट भन्ने स्थानमा
फेला परेको थियो । मध्यराति आमा बचाऊ भनेर
चिच्याउनु भयो । म उठेर जाँदा उसले आइस् भने
मारिदिन्छु भन्यो,’ मृतकका छोराले भने,‘अनि म डरले
जानँ सकिनँ । त्यसपछि उसले कहाँ लग्यो केही थाहा
भएन ।’ आजको राजधानी दैनिकमा खबर छ ।
0 comments:
Post a Comment