भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
तिब्र गतिमा गाडी कुद्ने ब्यस्त सडकमा एक्कासी
लाखौं माछा छरिएपछि स्थिति के होला ?
हालै चीनमा यस्तै अचम्म भयो । चीनको गाइजो
प्रान्तको ब्यस्त सडकमा लाखौं माछा देखिएपछि
सडकमा अघोषित कर्फ्यु लगाइयो भने ठूलै दुर्घटना
भएजस्तै फायर ब्रिगेड र प्रहरी तैनाथ गरियो ।
समाचार एजेन्सीहरका अनुसार माछा लोड गरिएको
ट्रक सडकमा गुडिरहेका बेला पछाडिको ढोका
एक्कासी खुलेपछि यस्तो संकट आइलागेको हो । तर,
ट्रकका चालकले त्यसको पत्तै पाएनन् । जसका कारण
काइलाइ डेभलोपमेन्ट जोनमा पर्ने सडकभरी करिव ६
हजार ८ सय किलो माछा छरिए ।
माछाकै कारण सकडको एकतर्फको लेन नै अवरुद्ध हुन
पर्यो । सडकमा पोखिएको माछाहरुलाई हटाउन
सुरक्षाकर्मी प्रयोग गर्नु परेको थियो ।
सुरक्षाकर्मीले पानीको फोहोरा हानेर
माछाहरुलाई एक ठाउँमा जम्मा परेको तस्वीहरु
सार्वजनिक भएको छ ।
सुरक्षाकर्मीलाई स्थानीय बासिन्दाले पनि सहयोग
गरेका थिए । सडकबाट माछा हटाउन करिव २ घन्टा
लागेको थियो ।
0 comments:
Post a Comment