भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
वीरगञ्ज । नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी
भण्डारीले संविधान निर्माण रोकिनुमा आफ्नै
पार्टीका नेता माधवकुमार नेपालको भुमिका रहेको
आरोप लगाएकी छन् ।
उपाध्यक्ष भण्डारीले आफ्नै नेता बिरुद्ध नेता नेपालले
अभिव्यक्ति दिएको भन्दै चर्को आलोचना गरिन् ।
प्रेस चौतारीले शनिबार वीरगन्जमा गरेको पत्रकार
सम्मेलनमा भण्डारीले भनिन् ‘नेता नेपालले कांग्रेस–
एमालेका केही नेताहरुका कारण विवादित विषयमा
सहमति जुटन नसकेको अभिव्यक्ति दिएका कारण उनी
संविधान निर्माणका बाधक हुन्’, उनले थपिन् ‘३०
दलीय मोर्चाको आन्दोलनले पनि संविधान निर्माण
प्रकृया रोकिएको छ ।’
सडकबाट संविधान बन्ने भए संविधानसभाको
आवश्कयता नपर्ने बताउदै भण्डारीले ३० दलीय
मोर्चाको आन्दोलनको औचित्य नरहेको जिकिर
गरिन् ।
एमाओवादीले आङ्खनो हैसियत बिसिर्एकै कारण
संविधान निर्माण्ँमा जटीलता थपिएको उनको
आरोप थियो ।
0 comments:
Post a Comment