Home » » सुपरबगका कारण प्रतिवर्ष १० औं लाख चिनियाँहरुको मृत्यु हुनसक्ने....

सुपरबगका कारण प्रतिवर्ष १० औं लाख चिनियाँहरुको मृत्यु हुनसक्ने....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बेइजिङ, चैत -
चीनमा‘ एन्टिबायोटिक’ लाई प्रतिरोध गर्नसक्ने
बलिया विषाणु ( सुपरबग ) का कारण प्रति वर्ष १०
लाख जनताको मृत्यु हुनसक्ने तथ्यांक सार्वजनिक
भएको छ । त्यसले सन् २०५० सम्म २० हजार अर्ब अमेरिकी
डलर बराबर क्षति गराउनसक्ने चेतावनी अर्थशास्त्री
तथा गोल्डम्यान साक्सका पूर्व कार्यकारी प्रमुखले
बिहीबार दिएका छन् । यस विषयमा पुनरावलोकन
गर्न बेलायती सरकारले नियुक्त गरेका व्यक्तित्व जिम
ओ’ निलले चीनले आउँदो वर्ष बीस मुलुकको समूह
‘ जीट्वान्टी ’ को शिखर बैठकमा ‘ एन्टी–
माइक्रोबायल रेसिस्टेन्स’ ( एएमआर ) का विषयमा
स्वामित्व लिनुपर्ने बताए । उनले यस विषयले धर्म , वर्ण
र जातिबीच भिन्नता नगर्ने र यस विषयमा केही
गरिएन भने भने यसले सुन्नी वा सिया जे भए पनि
यसका कारण मारिने बताए । ओ ’ निल अमेरिकी
लगानी बैङ्कका पूर्व प्रमुख अर्थशास्त्री हुन भने उनी
गोल्डम्यान साक्स एसेस्ट्स म्यानेजमेन्टका अध्यक्ष समेत
हुन् । उनले चीनले गत दशकमा टिप्पणीयोग्य आर्थिक
कार्यसम्पादन देखाएको र उसको भविष्यमा व्यापक
सम्भावना भएको बताउँदै यस चुनौतीले यस
सम्भावनालाई जोखिममा पार्नसक्ने बताए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved