Home » » बस र माइक्रो ठोक्किँदा ४ विदेशीसहित ५ जनाको मृत्यु, १७ जना घाइते....

बस र माइक्रो ठोक्किँदा ४ विदेशीसहित ५ जनाको मृत्यु, १७ जना घाइते....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

धादिङ, चैत्र १६ । धादिङको जोगीमारा
गाविस वडा नम्बर–९ खटौतीमा सोमबार
बस र माइक्रोबस ठोक्किँदा ५ जनाको मृत्यु
भएको छ ।
दुर्घटनामा ४ जना विदेशी नागरिक र
माइक्रोबसका चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा विदेशी नागरिकहरु च्याङ
बोकी, नोयो डियुक, चायोङ चो, लि सोङ
योङ रहेका छन् । यस्तै, माइक्रोबसका
चालक काठमाडौं गोलढुंगा ९ का २३ वर्षीय
रोशन भुसालको पनि मृत्यु भएको प्रहरी
नायव उपरीक्षक प्रकाश मल्लले जानकारी
दिए ।
मृतक विदेशीहरु कुन देशका हुन् भन्ने खुलेको छैन ।
दुर्घटनामा घाइते भएका १७ जना मध्ये ७
जनाको काठमाडौँमा र १० जनाको गजुरी
अस्पतालमा उपचार भइरहेको प्रहरीले
जनाएको छ ।
काठमाडौँबाट कपिलवस्तु जाँदै गरेको लु१ख
९५९३ नम्बरको यात्रुबाहक बस र पोखराबाट
काठमाडौँ आउँदै गरेको बा१प १०२८ नम्बरको
पर्यटक माइक्रोबस ठोक्किएका हुन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved