Home » » अक्षय कुमारको नक्कल गर्दा जेलको बास......

अक्षय कुमारको नक्कल गर्दा जेलको बास......

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मुम्बई–फिल्ममा खतरनाक स्टन्ट्सका लागि
चर्चित बलिउड अभिनेता अक्षयकुमारलाई
आफ्नो आदर्श मान्ने व्यक्तिको कुनै कमी छैन।
अक्षय कुमारका फ्यान यस्ता पनि छन जो उनकै
नक्कल गर्न रुचाउँछन्। अक्षय कुमारलाई आफ्नो
आदर्श मान्दै उनको नक्कल गर्ने एक व्यक्तिलाई
जेल सजाय भएको छ। पञ्जावका आकाश जैनलाई
अक्षयकुमारको नक्कल निकै महंगो सावित
भयो।
बीबीसीका अनुसार गत शुक्रबार मुम्बई
एयरपोर्टमा विमान ल्याण्ड गरेपछि
विमानको इमरजेन्सी ढोका खोलेर आशाक जैन
सो विमानको पखेटामा चढे।त्यसपछि
विमानको पखेटाबाट १५ फिट तल जमिनमा
छलाङ लगाए । छलाङ लगाएपछि उनी तत्काल
विमानस्थलबाट बाहिर निस्किए। यसरी
भाग्दा आकाश जैन विमानस्थल सुरक्षार्थ
खटिएका सुरक्षाकर्मीको जनरबाट त बाँच, तर,
त्यँहा जडान गरिएको सिसिटिभी
क्यामेराबाट भने बच्न सकेनन।
मुम्बइ एयरपोर्ट प्रहरीले आकाशलाई गोवाबाट
आउँदै गरेको बसबाट पक्राउ गरेको छ। पक्राउ
परेपछि आकाशले आफू अक्षय कुमारको फ्यान
भएको र अक्षय कुमारको गृह नगरमा अक्षय
कुमारको जस्तै स्टन्ट लगाउने इच्छा भएकाले
मुम्बइ आएर आफूले प्पेनबाट छलाङ लगाएको
वयान दिएको भारतीय संचारमाध्यमले
जनाएका छन्। अक्षय कुमारले फिल्म 'खिलाडी
४२०' मा प्लेनबाट छलाङ लगाएको स्टन्ट गरेका
थिए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved