भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
धादिङ : मलेसियामा रोजगारीका क्रममा एक
वर्षअघि देखि हराएकाभ धादिङको कुम्पुर गाउँ
विकास समिति–८ का दिलबहादुर श्रेष्ठ भेटिएका
छन् । चार वर्षअघि रोजगारीका लागि मलेसिया
पुगेका उनी एक वर्षदेखि हराएपछि घरमा रुवाबासी
चलेको थियो ।
मलेसियामा दिलबहादुर वेपत्ता भएको समाचार दैनिकमा छापिएपछि मलेसियामा रहेका नेपालीले उनको खोजी थालेका थिए । मलेसियामा रहेका अन्य
नेपालीले दिलबहादुरको खोजी गरेर धादिङस्थित
घरमा सम्पर्क गराएपछि उनको परिवारमा
खुसियाली छाएको छ ।
मलेसियामा एक वर्षदेखि छोरो बेपत्ता, आमा घरमा
छिनछिनमा बेहोस
’ शीर्षकको समाचार पढेपछि मलेसियामा रहेका
धादिङको नलाङका दीपक गुरुङ र बाँकेका टोपेन्द्र
कार्कीले उनी आफूहरुसँगै कम्पनीमा काम गरिरहेको
जानकारी दिएको सुरक्षित आप्रवासन (सामी)
जिल्ला परियोजना संयोजक कमल रोकायले बताए ।
मलेसियामा पुगेर पैसा कमाउन नसकेपछि उनी
परिवारको सम्पर्कबाट बाहिर गएको उनका
साथीहरुले जानकारी दिएका छन् ।
छोरो सम्पर्कमा आएपछि आमा लालमाया पनि
खुसी भएकी छिन । ‘छोराको अत्तोपत्तो नहुँदा
साह्रै पिर परेको थियो’, अन्नपूर्णसँगको टेलिफोन
कुराकानीमा उनले भनिन्, ‘अहिले फोनबाट सम्पर्क
गरेको छ, छोरासँग बोल्न पाउँदा साह्रै खुसी
लागेको छ ।’
दिलबहादुरले काम गर्न कम्पनीमा जाँदा मोबाइल
पनि हराएको र आफू पनि विरामी भएकाले फोन
नगरेको बताएकोे बताएको लालमायाले बताइन् ।
0 comments:
Post a Comment