Home » » ओलीलाई प्रधानमन्त्री बनाएर भए पनि सहमतिमै संविधानः नारायणकाजी

ओलीलाई प्रधानमन्त्री बनाएर भए पनि सहमतिमै संविधानः नारायणकाजी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष
नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीलाई
प्रधानमन्त्री वा राष्ट्रपति बनाएर भएपनि
सहमतिमा संविधान जारी गर्नुपर्ने बताएका छन् ।
पेशागत संगठन (पापड)का प्रतिनिधिहरुसँग बुधबार
अन्तरक्रिया गर्दै उपाध्यक्ष श्रेष्ठले एमाले अध्यक्ष
ओलीको अनावश्यक अडानका कारण सहमतिय
संविधान रोकीएकाले उनलाई लाभको पदमा आसिन
गराएर सहमति गर्न सकिने बताएका हुन् ।
उनले ओलीलाई मुलुकको कार्यकारी पदमा लगे
जिम्मेवार बन्ने आशा पलाएको बताउका हुन् ।
श्रेष्ठले पुर्वका तीन र सुदुर पश्चिमका तीन
जिल्लामा ओली र कांग्रेस बरिष्ठ नेता शेरबहादुर
देउवाले अनावश्यक अडान लिउकाले संघियतामा केही
विवाद देखिएको आरोप समेत लगाए । उनले ती
जिल्लामा कुरा मिले सबै सहमति तत्काल बन्ने दाबी
समेत गरे ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved