भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सरकारले बढी यात्रु कोचेर यात्रा गराउने
सार्वजनिक सवारी साधनहरूलाई कडा कारबाही
गर्ने भएको छ। यात्रु बढी राख्दा दुर्घटना बढेको
विश्लेषण गरी सरकारले त्यसलाई नियन्त्रण गर्न
जरिवानाको कडा प्रावधान लागू गरेको हो।
बढी यात्रु बोक्ने प्रयोजनका लागि कुनै सवारी
साधनले सिट झिकेको वा थप गरेको पाइएमा
सरकारले एक लाख रूपैयासम्म जरिवाना गर्नेछ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका
सचिव तुलसीप्रसाद सिटौलाको संयोजकत्वमा
मंसिर २५ मा गठित उच्च स्तरिय कार्यदलले सवारी
दुर्घटना न्यूनीकरण सम्बन्धी प्रतिवेदनमा बढी यात्रु
बोक्ने गाडीलाई कारबाही गर्नुपर्ने सुझाव दिएको
थियो। मन्त्रिपरिषद बैठकले उक्त प्रतिवेदन
कार्यान्वयन गर्ने निर्णय गरेको कान्तिपुर दैनिकमा
खबर छ।
थप यात्रु बोक्ने प्रयोजनका लागि कुनै सवारी
साधनको सिट झिकेको वा थप गरेको पाइएमा
पहिलोपटक भए २५ हजार, दोस्रोपटक भए ५० हजार र
तेस्रोपटक भए एक लाख जरिवाना गरिनेछ। त्यसपछि
पनि उक्त कार्य गर्नेको हकमा उक्त सवारी साधनको
रूट अनुमतिपत्र ६ महिनाका लागि निलम्वन गर्नुपर्ने
प्रतिवेदनमा उल्लेख छ। तोकिएको क्षमताभन्दा बढी
यात्रु बोकेको कसुरमा ३ पटकभन्दा बढी
कारवाहीमा परेका चालकको लाइसेन्स ६ महिनाका
लागि निलम्वन गरिनेछ।
0 comments:
Post a Comment