भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
कोलाराडोकी एक १२ वर्षीय बालिकालाई आफ्नो
आमाको हत्या योजनाको आरोपमा पुलिसले
शुक्रबार पक्राउ गरेको छ ।
पुलिसका अनुसार आमाले इच्छा विपरित आफ्नो
आइफोन लिएको निहुँमा उनले एक हप्ताको अन्तरमा
दुई पटक आमालाई मार्न खोजेकी हुन् । बोल्डर
काउन्टी शेरिफका कमान्डर हेडी प्रेन्टअपले भने, ‘ ती
बालिकाले मार्च २ तारिखका दिन आमाको
ब्रेकफास्टमा ब्लिच मिसाइदिएकी थिइन् ।’
‘आमाले ब्रेकफास्ट खाने क्रममा जुसमा ब्लिचको गन्ध
थाहा पाइन् । तर उनको सोझो मनले केहि नकारात्मक
सोचेन र छोरीले जुस हाल्नुभन्दा पहिला ग्लास
माझेको हुनसक्ने र राम्रोसँग नपखालिएका कारण
ब्लिचको गन्ध आएको हुनसक्ने सोचिन्,’ पुलिस
स्टेटमेन्टले बतायो ।
नाम नखुलाइएको ती महिलालाई त्यहाँको
स्थानीय अस्पतालमा उपचार पछि घर फर्काइएको
समाचार एजेन्सी रोयटर्सले बताएको छ ।
त्यसको चार दिन पछि ती बालिकाले फेरि आफ्नी
आमाको बेडरुममा भएको पानीमा ब्लिच मिसाइन् ।
जब ती महिलाले पानीमा पनि ब्लिचको गन्ध
थाहा पाइन् तब उनले आफ्नी छोरीमाथि शंङ्का
गरिन् । ‘यतिबेला नै यी महिलाले आइफोनका कारण
आफूलाई छोरीले मार्न खोजेको थाहा पाइन्, ’
पुलिसले बतायो ।
प्रेन्टअपका अनुसार ती महिलाले घटनाको बारेमा
पुलिसलाई जानकारी गराएपछि बालिका विरुद्ध
ठोस प्रमाण एकत्रित गरिसकेपछि उनीहरुले ती
बालिकालाई शुक्रबार पक्राउ गरे । बालिकालाई
जुविनाइल डिटेन्सन फ्यासिलिटिमा लगिएको छ ।
0 comments:
Post a Comment