भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
बलिउड सुपरस्टार अमिताभ बच्चनले आफ्ना एक
प्रसंशकसँग सार्वजनिक माफी मागेका छन्। ७२ वर्षे
अभिनेताले १५ वर्षकी अमिता गान्धीको
जन्मदिनमा शुभकामना दिन नसकेकोमा ब्लग लेख्दै
माफि मागेका हुन्।
यसअघि अमिताले ट्विटरमा रहेका आफ्ना फ्यानका
हरेक क्रियाकलापमा चासो राख्ने बताएपनि आफ्नो
जन्मदिनको शुभकामना नदिएको सन्देश ट्विटरमा
पेाष्ट गरेकी थिइन्। उनले अमिताभले सामाजिक
सञ्जालमा उनलाई पछ्याउनेलाई पारिवारिक
सदस्यको जस्तै मान्ने भएपनि व्यवहारमा त्यस्तो नगर्ने
पनि बताएकी थिइन्।
त्यसको जवाफमा अमिताभले अमिताको जन्मदिन
थाहै नभएर छुटेको भन्दै माफी मागेका हुन। उनले
कहिलेकाँही सामाजिक सञ्जाल चलाउन नसक्ने
बताएका छन्। अमिताभले सामाजिक सञ्जालसँग
अभ्यस्त भइसकेकाले यसबाट बाहिर निस्कन नसक्ने पनि
उल्लेख गरेका छन्।
0 comments:
Post a Comment