भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
हालै पचास नाघेका बलिउड अभिनेता आमिर खानले
आफ्ना समकालिन अभिनेताहरु शाहरूख खान तथा
सलमान खानसँग एउटै फिल्ममा काम गर्न तयार रहेको
बताएका छन। आमिर,शाहरूख र सलमानलाई एउटै फिल्म
हेर्न बलिउड लालायित छ। आफ्नो सफल
फिल्मयात्राका बारेमा एक दैनिकसँग बोल्दै आमिरले
उक्त कुरा बताएका हुन।
उपयूक्त र रोचक कथा मिलेको खण्डमा सँगै काम गर्न
तयार रहेको उनको कथन छ। त्यसैगरी उनले
कुराकानीका क्रममा सलमान र शाहरूख खानले
अभिनय गर्ने फिल्मले आकर्षित नगर्ने पनि खुलासा गरे।
उनले आफू सधैं उनीहरुले गर्ने भन्दा फरक खाले फिल्म गर्न
इच्छुक रहने गरेको पनि बताए।
0 comments:
Post a Comment