भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । परिवारको दबाब बच्चाहरुलाई कति पर्छ
भन्ने उदाहरण एक छात्राले गरेको आत्मदहले
प्रष्ट्याएको छ ।
भारतको गज्जनमाजराको एक स्कुलमा पढ्ने १२
कक्षाका विद्यार्थी हरमेल सिंहले आत्मदह गरेका हुन् ।
शुक्रबार परीक्षा सकेर फर्किएका उनले आफैलाई आगो
लगाएर आत्मदह गरेका हुन् ।
घटनाबारे जानकारी पाउनेवित्तिकै प्रहरी पुगेर
आगो निभाएपनि उनको मृत्यु भइसकेको थियो ।
प्रहरीले शबलाई पोष्टमार्टमका लागि सिभिल
अस्पताल मालेरकोटलामा पठाएको छ ।
प्रहरीले उनको स्कुलको झोलाबाट सुसाईड नोट
बरामद गरेको छ । जसमा उनले भनेका छन्, ‘म
बाध्यताबस आत्महत्या गरिरहेको छु किनकी मैले मेरो
परिवारलाई बुझाउन सकिन ।’
स्थानीय मनप्रीत सिंहका छोरा हरमेल सिंह संगरुर
जिल्लाको एक स्कुलमा अध्ययन गरिरहेका थिए ।
0 comments:
Post a Comment