भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
महिलाको विवाह हुन्छ तब उनी यहि मनोकामना
लिएर बसेकी हुन्छिन् कि उनको श्रीमानले उनलाई सधैँ
खुसी राखोस् । महिलाले मात्र होइन समाजका हरेक
प्राणीले यहि सोच्ने गर्दछ कि एउटा श्रीमानले
आफ्नी श्रीमतीलाई सधैँ खुसी राख्नुपर्छ । तर यो
कसैले पनि सोचेको हुँदैन कि श्रीमतीको पनि आफ्नो
श्रीमानलाई खुसी राख्ने कर्तव्य हुन्छ । श्रीमान–
श्रीमती एक रथको दुई पाङ्ग्रा भएका कारण दुबैको
खुसी महत्वपूर्ण हुने गर्दछ । तर यदि कहिलेकाँही
तपाईंको श्रीमान उदास देखिएमा तपाईंले त्यसमा
ध्यान दिनुपर्ने हुन्छ । हुनसक्छ तपाईंका श्रीमान्
तपाईंका कारण नै दुखी भइरहेका छन् ।
तपाईंको कारण र अरु कसैका कारणले तपाईंको
श्रीमान तनावमा भइरहेको तपाईंलाई राम्रो नलाग्न
सक्छ । त्यसकारण हामी तपाईंलाई श्रीमानलाई सधै
खुसी राख्ने तरिका बताउँदैछौँः
१. उनको कुराहरु सुन्नुहोस्ः धेरै पुरुषहरुको यहि गुनासो
हुने गर्दछ कि उनका श्रीमती कहिले पनि उनको कुरा
सुन्ने गर्दैनन् । त्यसकारण जतिबेला तपाईंका श्रीमान
कुराकानी गर्न थाल्छन्, उनको कुरालाई निकै मन
लगाएर सुन्ने गर्नुहोस् ।
२. उनको जिम्मेवारीलाई बाँड्नुहोस्ः थुपै्र पुरुषहरु
श्रीमतीले उनीहरुको बित्तिय र अन्य जिम्मेवारीहरु
बाँडोस् भन्ने चाहन्छन् । यदि तपाईंहरु दबैजना काम
गर्नुहुन्छ भने घरखर्च चलाउने श्रीमानको मात्र
जिम्मेवारी हुँदैन । त्यसकारण दुबैजना मिलेर घरखर्च
टार्नुहोस् ।
३. उनको करियरमा रुची लिनुहोस्ः तपाईंको
विवाह भइसकेपछि आफू आकर्षक देखिने कुरामा
लाग्नुभन्दा आफ्नो श्रीमानको कामकाजमा ध्यान
दिनुहोस् जसबाट उनलाई तपाईं हरेक समय उनको
साथमा हुनुहुन्छ भन्ने महसुस होस् ।
४. पैसा बगाउन बन्द गर्नुहोस्ः अनावश्यक रुपमा पैसा
खर्च गरेको कुनै पनि श्रीमानलाई राम्रो लाग्दैन ।
तपाईंको बढिरहेको सपिङको बिलले तपाईंलाई
तपाईंको श्रीमानबाट टाढा बनाइरहेको हुन्छ । यदि
शपिङ गर्दा तपाईं आफ्नै पैसा खर्च गर्नुहुन्छ भने यसबाट
उनलाई केहि पनि फरक पर्दैन ।
५. बेडमा उनलाई खुसी राख्नुहोस्ः यदि आफ्नो
श्रीमानलाई बेडमा खुसी राख्ने तरिका आउँछ भने
तपाईं निकै भाग्यमानी हुनुहुनेछ । बेडमा अल्छीपन
नदेखाउनुहोस् ।
६. बेकारको बहस नगर्नुहोस्ः श्रीमतीहरु आफ्नो
श्रीमानसँग बेकारमा बहस गरेर कुरा लम्ब्याउने गर्दछन् ।
जसले गर्दा सम्बन्ध नै खतरामा पर्न सक्छ । तपाईं भने
यस्तो गर्नबाट बच्नुहोस् ।
७. उनलाई तपाईंको कार्यक्रमको जानकारी
दिनुहोस्ः तपाईंलाई आफ्नो प्लान बनाउनका
लागि श्रीमानको आवश्यक पर्दैन तर एक्लै केहि
गर्नुभन्दा पहिले उनलाई त्यसको जानकारी दिनुहोस्
जसले गर्दा उनलाई नराम्रो नलागोस् ।
८. आफ्नो जीवन पनि बाँच्नुहोस्ः कोही पनि
साधारण पुरुष आफ्नी श्रीमतीले उनको लागि पनि
समय निकालोस् भन्ने चाहन्छन् । यसो गर्नाले
श्रीमानका लागि पनि केहि समय निस्कनेछ ।
९. आर्थिक रुपमा उनलाई कहिले पनि धोका
नदिनुहोस्ः महिलाले कहिले पनि आफ्नो
श्रीमानबाट पैसाको हिसाब–किताब लुकाउनु हुँदैन
। यदि श्रीमानले आफ्नो पैसा तपाईंबाट लुकाएर
राखेमा के तपाईंलाई राम्रो लाग्छ ?
१०. भविष्यको योजना एकसाथ बनाउनुहोस्ः चाहे
तपाईं लामो छुट्टीका लागि जान चाहेको कुरा
होस् अथवा घरमा कोही नयाँ साथी आउने कुरा
होस्, भविष्यको सबै योजना एकसाथ बनाउनुहोस् ।
११. उनको आमा–बुवालाई इज्जत गर्नुहोस्ः जसरी
तपाईं आफ्नो आमा–बुवालई माया र इज्जत गर्नुहुन्छ
त्यसरी नै आफ्ना श्रीमानका आमा–बुवालाई
सम्मान गर्नुहोस् ।
१२. उनको साथी बन्नुहोस्ः तपाईंहरु दुईमा
श्रीमान–श्रीमतीको भन्दा साथीको सम्बन्ध बढि
हुनु आवश्यक छ । आफ्नो श्रीमानको साथी बन्नुहोस्,
उनको आमा अथवा बोस होइन । (एजेन्सी)
0 comments:
Post a Comment