Home » » नयाँ विमान ओर्लियो काठमाडौंमा....

नयाँ विमान ओर्लियो काठमाडौंमा....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं,चैत १८ – सचुवान एयरलाइन्सले आजबाट
नेपालका लागि पहिलो सेवा सुरु गरेको छ । चीनको
सिचुवान प्रान्तको राजधानी छेन्दुबाट उसले आफ्नो
पहिलो सेवा सूरु गरेको हो ।
१३३ यात्रु लिएर विमान बुधबार बिहान काठमाडौं
आइपुगेको छ । एयरलाइन्सको एयरबस ३१९ विमान
बिहान १० बजे काठमाडौं आइपुगेको सिचुवान
एयरलाइन्सले जनाएको छ ।
यो एयरलाइन्सले अब छेन्दु–लासा–काठमाडौं र
काठमाडौं,ल्हासा,छेन्दुका लागि दैनिक उडान भर्नेछ

काठमाडौंस्थित सिचुवानका जिएसए लिएका
सोसाइटी ट्राभल्सका अध्यक्ष रविचन्द्र सिंहले यो
उडानले नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने
विश्वास व्यक्त गर्दै आजबाट सेवा सुरु गरिएको
जानकारी राटोपाटीलाई दिए । ‘हाम्रो नयाँ
उडानले नेपाल र चीनको पर्यटन विकासमा नयाँ
आयाम थप्ने हामीले विश्वास लिएका छौं,’ सिंहले
भने ।
यो सेवा सुरु गरेसँगै सिचुुवान,ल्हासाको हवाइमार्ग
भएर आउने चिनियाँ र विदेशी पर्यटकहरु नेपाल
भित्रिन सहज हुनेछन् भने नेपाल हुँदै ल्हासा र छेन्दु जाने
पर्यटकका लागि पनि यो सेवाले लाभ पुग्नेछ ।
सिचुवान एयरलाइन्सबाट ल्हासा र छेन्दु यात्रा
गर्दा अब विश्वको अग्लो सगरमाथाको पूर्ण रुपमा
अवलोकन गर्न पाइनेछ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved