भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
बंगलुरु– ४० वर्षीय व्यक्तिको प्रेम प्रस्ताव अस्विकार
गर्दा १८ वर्षीय एक छात्राको हत्या भएको छ।
बंगलुरुको एक होस्टलमा १२ कक्षाकी एक छात्रालाई
प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै गोली हानेर
हत्या गरिएको छ।
हत्याको आरोप महेश नामको एक ४० वर्षीय
व्यक्तिमाथि लगाइएको छ। उनी सोही स्कुलको
कर्मचारी भएको भारतीय संचारमाध्यमले जनाएका
छन्। स्रोतका अनुसार उनीहरुबीच प्रेम चल्दै आएको
थियो।संचारमाध्यमका अनुसार ४० वर्षीय महेश १८
वर्षीय छात्रासँग प्रेम गर्थे। तर, छात्राले उनको प्रेम
प्रस्ताव अस्विकार गरेपछि महेशले मंगलबार राति
छात्रामाथि गोली प्रहार गरेको संचारमाध्यमले
जनाएका छन्।
महेशले मृतक छात्राको एक साथीमाथि पनि आक्रमण
गरेका थिए। उनको मनिपाल अस्पतालमा उपचार
भइरहेको छ। घटनापछि महेश फरार छन। उनलको
खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
0 comments:
Post a Comment