भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणकी
पत्नी सुष्मा वैद्य विहिबारदेखि शुरु हुने एसएलसी
परीक्षामा सहभागी हुँदैछिन्।
५२ वर्षको उमेरमा नयाँ वसपार्कस्थित प्रेरणा महिला
विद्यालयमा भर्ना भएर उनले औपचारिक शिक्षाको
शुरुवात गरेकी थिइन्। विद्यालय भर्ना भएर पढ्न शुरु
गरेको ६ वर्षमै उनी एसएलसी दिन सक्षम भएकी हुन्।
उनी अहिले ५८ वर्षकी भइन्।
विद्यालय जाने उमेर पुगेका तर लेखपढ गर्न नजान्ने
महिलालाइ पढाउन यो विद्यालय खोलिएको हो।
यो विद्यालय भर्ना हुनुअघि सुस्मा सामान्य लेखपढ
मात्र गर्न सक्थिन्।
‘प्रेरणा स्कुलमा भर्ना हुनुअघि अरु कुनै पनि स्कुलमा
भर्ना भएकी थिइनँ, नपढे पनि आफन्त र साथीभाइको
संगतले पत्रिकाका अक्षर खट्टयाउन सक्ने भएकी थिएँु
उनले बुधबार अन्नपूर्णसँग भनिन्, ‘स्कुलमा नियमित पढ्न
थालेपछि त मेहेनत गरियो भने गर्न नसक्ने केहि पनि छैन
रहेछ भन्ने आत्मविश्वास जागेको छ।’
उनी शुरुमा उक्त विद्यालयमा कक्षा एकमा भर्ना
भएकी थिइन्। त्यसपछि सिकाइ स्तर बढ्दै गएपछि
सोही वर्ष कक्षा एककै ए, बी,सी लगायतका
विभिन्न तह पार गर्दै कक्षा चारसम्म पुगिन्।
विद्यालयले विद्यार्थीको सिकाइ स्तर छुट्टयाएर
विभिन्न समूहमा वर्गीकरण गर्ने गर्छ। उत्कृष्ट
विद्यार्थीलाई एकै वर्षमा तीन चार वटा कक्षासम्म
चढाइन्छ।
एक कक्षापछि चार, पाँच हुँदै कक्षा दशसम्मको पढाइ
पुरा गरेपछि सुस्मा एसएलसी परीक्षामा सहभागी हुन
लागेकी हुन्। अहिलेसम्म प्राप्त सिकाई उपलब्धिलाई
मूल्यांकन गर्दा एसएलसी पनि उत्तीर्ण हुनेमा उनी
ढुक्क छिन्। उनलाइ घरमा छोरी, ज्वाइ, श्रीमान
तथा अन्य आफन्तले पनि पढाउन सहयोग गरिरहेका छन्।
ुतीनवटी छोरीहरुले स्नातकोत्तर पढिरहेका छन्।
अहिले म भने परिवारकै सबैभन्दा कान्छो सदस्य बनेर
एसएलसी दिन लागेकी छुु वैद्यले ठट्टा गर्दै भनिन्।
उनलाई आठ वटा विषयमध्ये सबैभन्दा अप्ठ्यारो
नेपाली विषय लाग्छ। अधिकांश विद्यार्थीले कठिन
अनुभव गर्ने अंग्रेजी, गणित लगायतका विषय उनलाइ
सजिलो लाग्छ। ुनेपालीमा धेरै पढ्नुपर्ने र लेख्नु पनि धेरै
नै पर्ने। बुढेसकालमा हात पनि गल्दो रहेछ। त्यही भएर
नेपाली साह्रै गाह्रो लाग्छु उनले भनिन्।
प्रेरणा महिला विद्यालयबाट यो पटक ३३ जनाले
एसएलसी दिदैंछन्। उनीहरु सबैको परीक्षा केन्द्र
टोखामा रहेको मनोहर उच्च माध्यमिक विद्यालयमा
परेको छ। प्रेरणाजस्तै काठमाडौं तथा भक्तपुरमा
रहेको अन्य महिला विद्यालयबाट पनि थुप्रै
महिलाले यो वर्ष एसएलसी दिदैंछन्।
यो वर्षको एसएलसी परीक्षा विहिबार विहान आठ
बजेबाट शुरु हुँदैछ। पनिकाका अनुसार यो वर्ष ५ लाख
७४ हजार ६ सय ८५ जनाले परीक्षा फाराम भरेका छन्।
जसमध्ये नियमिततर्फ ४ लाख २६ हजार २ सय १४ तथा
एक्जाम्टेडतर्फ १ लाख ४५ हजार १ सय ८३ जनाले
फाराम भरेका छन्।
मुलुकभर १ हजार ८ सय ६२ परीक्षा केन्द्र तोकिएको
छ। सबैभन्दा धेरै परीक्षा केन्द्र काठमाडौंमा ९१ वटा
र सबैभन्दा थोरै परीक्षा केन्द्र मनाङ र मुस्ताङ
जिल्लामा एक एक वटा तोकिएको छ।
परीक्षाका लागि १७ हजार ९ सय ३० जना
सुरक्षार्की र १ हजार ८ सय ६२ जना केन्द्राध्यक्ष, २
हजार ४ सय ४० जना सहायक केन्द्राध्यक्ष र २३ हजार
१४ जना निरीक्षक तोकिएको पनिकाले जनाएको
छ। अन्नपूर्ण पोस्टमा खबर छ
0 comments:
Post a Comment