भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौ, १६ चैत । भारतको हरियाणास्थित
सतलोक आश्रमबाट पक्राउ परेका २४ नेपाली चार
महिनादेखि जेलमा छन् । हिसार जेलमा रहेका
उनीहरुमध्ये आठ जनालाई गम्भीर प्रकृतिको मुद्दा
लगाउन लागिएको छ ।
सतसंगमा सहभागी हुन हरियाणा प्रान्तको
हिसार जिल्लास्थित बारबलामा रहेको
रापालजी आश्रममा गएका २४ नेपाली २ मंसिरमा
पक्राउ परेका हुन् । उनीहरु मध्ये १६ जनालाई
पक्रिया पुराएर रिहा गर्ने भनिए पनि अदालतले
अझै केही प्रष्ट्याएको छैन ।
अदालतमा उपस्थित नभएर मानहानी गरेको
अभियोगमा रामपालजी समातिएका थिए ।
उनलाई गिरफ्तार हुन नदिन प्रहरीविरुद्ध बल
प्रयोग गरेको लगायतका अभियोग नेपालीमाथि
लगाइएको छ ।
उनीहरुको कानूनी मामिला हेरिरहेका वकिल
एपी सिंहले आठ नेपाली तत्काल रिहा हुन नसक्ने र
बाँकीलाई अदालतले केही प्रक्रिया नभनेको
बताएको नयाँ पत्रिका दैनिकले छापेको छ ।
पक्राउ परेका नेपालीमा लक्ष्मण बस्नेत, विजय
साह, योगेन्द्र चन्द, विनोद यादव, भूप सिंह, ईश्वर
श्रेष्ठ, राजकुमार गिरी, सुरेश राई तत्काल रिहा हुन
नसक्ने सिंहले बताएका छन् । उनीहरुमध्ये महतो र
गिरी भारतीय प्रहरीको कुटाइबाट घाइते भएका
छन् ।
0 comments:
Post a Comment