Home » » बलात्कारको पीडा सहन नसकेर युवतीद्वारा आत्महत्या....

बलात्कारको पीडा सहन नसकेर युवतीद्वारा आत्महत्या....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

चितवन,१६ चैत-केही दिनअघि बलात्कारमा परेकी
चितवनकी एक युवतीले आइतबार आत्महत्या गरेकी
छिन् ।
चितवनको दारेचोक–९ फिस्लिङ बस्ने २४ वर्षीया
श्रीमाया गुरुङले घरमा कोही नभएको मौका पारेर
आत्महत्या गरेको श्रीमायाका दाजु एकबहादुर गुरुङले
जानकारी दिए ।
बलात्कारपछि विक्षिप्त भएकी उनले त्यसैको पीडा
सहन नसकेर आत्महत्या गरेको हुनसक्ने दाजु एकबहादुरले
बताए ।
आइतबार जाहेरी दर्ता गर्न जिल्ला प्रहरी
कार्यालयमा आएका बेला पत्रकारसँग कुरा गर्दै उनले
बलात्कारको पीडा सहन नसकेर बहिनीले आत्महत्या
गरेको दाबी गरे ।
पीडित परिवारले गोरखा घर भएका २९ वर्षीय
महादेव कटुवालले पोखरामा बोलाएर बहिनीलाई
बलात्कार गरेको आरोप लगाएका छन् । सोही
आरोपमा प्रहरीले कटुवाललाई पोखराबाट पक्राउ
गरेको बताइएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved