भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, चैत्र १५ । प्रमुख प्रतिपक्षी
एकीकृत माओवादीले सत्तारुढ दलहरुले
सहमतिको लागि चित्तबुझ्दो प्रस्ताव
ल्याए आफूहरु घोषित आन्दोलनका कार्यक्रम
फिर्ता लिन तयार रहेको स्पष्ट पारेको छ ।
विपक्षी मोर्चाले दोश्रो चरणको
आन्दोलनको शुरु गर्न लागेकै दिन
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्डले प्रधानमन्त्री सुशील कोइरालालाई
भेटी यस्तो प्रस्ताव राखेका हुन् ।
संविधान लेखनमा देखिएको अवरोध हटाउन
सहमतिको साटो प्रक्रियामै अघि बढ्ने
सत्तारुढ दलहरुको तयारीप्रति भने एकीकृत
माओवादीले असहमति जनाएको छ ।
प्रचण्डले सत्ताधारी दलहरुले सहमतिमै अघि
बढ्ने विश्वासिलो प्रस्ताव ल्याए आन्दोलन
फिर्ता लिने जानकारी दिए ।
गतिरोध तोड्नका लागि
प्रधानमन्त्रीलगायत कांग्रेसका नेताहरुसँग
आज भएको छलफल सकारात्मक रहेको उनको
भनाइ थियो ।
साँझसम्मका कुनै न कुनै सहमति बन्ने विश्वास
प्रचण्डमा पलाएको छ । यसैबीच एकीकृत
माओवादीले सत्य निरुपण तथा मेलमिलाप
आयोगले गर्नुपर्ने काम अदालतले गरेको भन्दै
प्रधानमन्त्रीसँग आपत्ति जनाएको छ ।
निजी कम्पनीलाई अनलाईन भिषा
प्रणाली सञ्चालन गर्ने अनुमति दिनु घातक
हुने भन्दै प्रचण्डले यसतर्फ बेलैमा सचेत बन्न
सरकारलाई सचेत गराए ।
0 comments:
Post a Comment